पर्वतको उत्तरी जलजला गाउँपालिका ७ मिलनचोकमा नेपालमै पहिलो पटक आयोजन गर्न लागिएको गौमहोत्सवको सवै तयारी पुरा भएको छ । भोली वाट सुरु हुने महायज्ञको पुर्व सन्धामा आज पर्वत बागलुङ र म्याग्दी सदरमुकामा वहृत मोटरसाईकल ¥याली गरिएको छ ।

मिलनचोक वाट सुरु भएको मोटरसाईकल ¥याली मालढुङका हुदै पर्वत सदरमुकाम कुश्मावजार परिक्रममा गरी मालढुङगा हुदै बागलुङ वजार र कुडुले रत्नेचौर हुदै म्याग्दी सदरमुकाम परिक्रमा गरी मिलनचोक आएको थियो।गौमहोत्सव सम्पन्न गर्न ३५ वटा उपसमिति गठन गरिएको छ । भोली देखि २६ गते सम्म मिलनचोकमा आयोजना हुने गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले उद्घाटन गर्ने कार्यक्रममा छ ।

काठमाण्डौं,पोखरा,चितवन,म्याग्दी र बागलुङ लगायत देशभर नै महोत्सवको प्रचारप्रसार गरिएको छ । प्रतिव्यक्ती पाँचहजार पाँचसय ५५ रुपैयाँ सहयोग करिब करिव एक हजार आयोजक समितिको सदस्य भइसकेको मुल संयोजक राजु आचार्यले जानकारी दिनु भयो ।स्थानीय गाईको संरक्षण गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न नेपालमै पहिलोटपक गौमहोत्सवको आयोजना गर्न लागिएको हो ।

गण्डकी गोपाल गौशालाको सुदृढिकरण र गाई संरक्षण संगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचार प्रसारको लागि कालञ्जर पर्वतको फेदी र कालिगण्डकी नदीको किनारमा रहेको मिलनचोकमा गौमहोत्सव एव् महायज्ञ गर्न लागिएको मुल आयोजक समितिका अध्यक्ष राजु आचार्यले जानकारी दिनुभयो । महायज्ञ एवम् महोत्सवबाट संकलन हुने रकमबाट गौशालाको थप पूर्वाधार निर्माण र स्थानीय जातका गाईको बंश संरक्षण गरिनेछ ।

धार्मिक र प्रयाबरणीय रुपमा समेत गाईको महत्व ठुलो रहेकाले पहिलो पटक गाईको महत्वबारे जानकारी गराउने र संरक्षणको लागि पहल गर्ने उद्देश्यले गौमहोत्सवको रुपमा महायज्ञ सञ्चालन गर्नुपरेको अध्यक्ष आचार्यले बताउनुभयो ।स्वामी कमलनयनाचार्यको संकल्प र स्थानीयको सक्रियतामा वि.स २०७२ मा धाइरीङमा गण्डकी गोपाल गौशाला स्थापना गरिएको थियो । अहिले यस गौशालामा ३५ वटा गाई रहेका छन् । गौशालाको क्षमता विस्तार गरि लोप हुँदै गएका गाईको संरक्षणको लागि अन्य गाईहरु थप गर्दै लैजाने योजना रहेको आयोजक समितिका महासचिब जगन्नाथ आचार्यले जानकारी दिनुभयो । महायज्ञ एवम् गौमहोत्सवबाट बचत हुने रकमलाई पूर्वाधार विकाससंगै गौशालाको दिर्घकालिन व्यवस्थापनको लागि अक्षयकोष समेत स्थापना गर्ने उद्देश्य राखिएको उहाँले बताउनुभयो ।

 

Leave a Reply