पर्वतको फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरीमा भिर बाट लडेर एक महिलाको ज्यान गएको छ । स्थानीय २७ वर्षिया सुधा दर्जीको दाउरा काट्न बनमा गएका बेला भिरवाट लडेर ज्यान गएको हो । स्थानीय बासे ओढारबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

बुधवार दिउँसो दाउरा खोज्न गएकी दर्जी साँझ अबेरसम्म घर नफर्के पछि खोजी गर्ने क्रममा बिहीवार बिहान मृत अवस्थामा शव भेटिएको प्रहरीले जानकारी दिएको छ । दाउरा बोकेर फर्किने बेला भिरवाट लडेर ज्यान गएको अनुमान प्रहरीको छ ।
मृतक दर्जीको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भैरहेको छ ।

Leave a Reply