पहिलो बिग आइकन गगन पुनको पहिलो पञ्चेबाजा गितको म्यूजिक भिडियो सार्वजनिक गरिएकोे छ । म्याग्दीको रघुगंगा गाउँपालिका ४ दग्नामका पुन र मेलिना राईको पञ्चेबाजा गित ‘बेनी बजार’ बिहिबार यूटुवमार्फत रिलिज भएको छ । नौमति बजा समुह दग्नामको प्रस्तुतीमा रहेको गीतलाई दग्नामका विभिन्न स्थानमा सुटिङ गरिएको छ ।

म्याग्दीको सदरमुकाम बेनीबजारमै भेट हुने तथा विभिन्न लोपउन्मुख कलालाई गीतमा देखाउन खोजिएको छ । पछिल्लो समय पञ्चेबाजाको महत्वलाई अन्य विधाका गीतले ओझेलमा पार्न खोजेपछि पहिलो पञ्चेबाजा एल्बममार्फत बजारमा आएका गायक पुनले बताए । ‘लोपउन्मुख पञ्चेबाजाको संरक्षणमा सानो प्रस्तुती दिएको छु,‘भविस्यमा पनि यस्तै गितले प्राथमिकता पाउनेछ’ पु्नले बेनीअनलाइनलाई भने ।

Link: गगन पुनको पञ्चेबाजा गित ‘बेनी बजार’ (भिडियो)

उनका अनुसार जन्मगाउँका रमणीय दृश्यहरुमा कैद गरिएको भिडियोलाई धेरैले रुचाउने बताए । भिडियो सार्वजनिक भएसँगै धेरैले उत्कृष्ट प्रतिक्रियाहरु दिएको उनको भनाई छ । ‘निकै मेहेनत गरेर हामीले यो भिडियो निर्माण गरेको छ,‘यहाँ धेरै दग्नामबासीले सहयोग गर्नुभएको छ’ उनले भने ।

देब पुनको शब्द रहेको गीतमा संगित गायक पुन आफैले दिएका छन् भने मोडलमा आरुषी मगरको साथ लिएका छन् । गितमा म्याग्दीको मौलिक थाली नाच समेत प्रस्तुत गरिएको छ । पहिलो बिग आइकन बनेसँगै गगनका हरेक गीतहरु चर्चामा छन । विदेशमा हुने विभिन्न कार्यक्रमहरुमा निकै रोजाईका गायक बनिसकेका पुन केहीसमय अगाडी अस्टेलियाबाट फर्किएका थिए । नेपालमै हुने विभिन्न साँगीतिक कार्यक्रममा पनि गगनले उत्कृष्ट ‘रेटिङ’ पाउने गरेका छन् ।

Leave a Reply