म्याग्दीको सदरमुकाम बेनीमा रहेको लिटील गार्डेन एकेडेमीले विभिन्न कार्यक्रमको आयोजना गरेर १६ औ वार्षिक उत्सव मनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर कटुवालले निजी विद्यालयका विद्यार्थीको शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सिक्न लायकको रहेको बताए। उनले आधारभुत तहदेखि नै बालबालिकालाई शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउनुपर्ने बताउनुभयो ।

बेनी नगरपालिकाकामा स्रोत ब्यक्ति मोहन बानियाँले संस्थागत र सामुदायिक विद्यालय बीच शैक्षिक गतिविधिमा समेत प्रतिस्पर्धा आवश्यक बताउनुभयो । सोही अवसरमा म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख टिकाराम सापकोटा र प्याब्सन अध्यक्ष कृष्णप्रसाद सुबेदी,अभिभावको तर्फबाट ठाकुरप्रसाद शर्मा, सम्मानित विद्यार्थीको अभिभावकबाट त्रिविक्रम शर्मा, सल्लाहकार प्रेम जिसी, म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दीका महासचिव लिलाराम गौतमले मन्तब्य राख्नुभएको थियो ।

विद्यालयका संस्थापक निर्देशक बालकृष्ण सुवेदीले डेढ दशक अगाडी स्थापना भएको विद्यालयले आफ्नो शैक्षिक क्षेत्र फराकिलो मात्रै नभई म्याग्दीमा उत्कृष्ट शैक्षिक नतिजा ल्याउन सफल भएको बताउनुभयो । वार्षिक उत्सवको अवसरमा विभिन्न बिधामा विद्यार्थी र अभिभावकहरुलाई पुरस्कार समेत वितरण गरेको छ । विद्यालयले एसईईमा जिल्लामा उत्कृष्ट जिपिए ल्याएको स्मरण शैक्षिकसँगै अतिरिक्त क्रियाकलापलाई उच्च प्राथमिकता दिएको बताए । कार्यक्रममा बेनी नगरपालिका वडा नं ६ का अध्यक्ष कृष्णसिंह बानियाँ, अभिभावक तथा विभिन्न सामाजिक क्षेत्रका ब्यक्तित्वको उपस्थिती रहेको थियो ।

दिवसको अवसरमा शिक्षक प्रमिला राना, दिपक मल्लल र गंगा पौडेललाई सम्मान गरिएको थियो । सोही अवसरमा काठमाण्डौमा आयोजना हुने तेक्वान्डोमा सहभागि हुन जाने विद्यार्थीलाई विदाई गरिएको थियो । विद्यार्थीहरुले गित, नृत्य प्रस्तुत गरेका कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो विद्यालयका प्रिन्सीपल दिपक सुबेदीको अध्यक्षता र स्वागत शिक्षक सिता विक, विद्यार्थी दिवस शाही र सञ्चालन शिक्षक अञ्जना कटुवालले गर्नुभएको थियो ।

Leave a Reply