नेपाली कांग्रेसको बेनी नगरपालिका सभापतिमा अनोद श्रेष्ठ चयन भएका छन् । शनिबार बेनीमा सम्पन्न नगरपालिकास्तरीय कार्यकर्ता भेलाबाट उपसभापतिमा याम बहादुर बानियाँ, सचिव हरिप्रसाद पौडेल, उमा शर्मा रिजाल, सहसचिव बद्री पौडेल सहित २५ सदस्यीय कार्यसमिति चयन भएको छ ।

प्रथम नगर अधिवेशनको उद्घाटन गदैं पार्टी सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ ले नगरपालिकालाई विषेश प्राथमिकता सहितको पार्टीका अभियान सञ्चालन गर्ने बताउनुभयो । उहाँले बेनी नगरपालिका भित्रका जनताका समस्यालाई समाधान गर्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन समेत दिनुभयो । सोही अवसरम नगर अधिवेशनका संयोजक एवम् निर्वतमान सभापति रेशमबहादुर बानियाँले कमीकमजोरीको आत्मसमिक्षा गदैं पार्टीका गतिविधिमा सामुहिक सक्रियता आवश्यक रहेको बताउनुभयो ।

प्रथम अधिवेशनको अवसरमा नगरपालिका भित्रका १ देखि १० वडासम्मका प्रतिनिधिले आफ्नो वडाभित्रका समस्याका बारेमा जानकारी समेत गराएका थिए । अधिवेशनमा पार्टी उपसभापति माधवप्रसाद रेग्मी, पुर्व सहअध्यक्ष नेत्रबहादुर महत, सचिव मिनबहादुर कार्कीले मन्तब्य राखेका थिए । भेला उपसंयोजक एवक् नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ लगाएतले आफ्नो धारणा राखेका राख्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता नगरसभापति श्रेष्ठ, स्वागत उपसभापति बानियाँ र सञ्चालन सचिव पौडेलले गर्नुभएको थियो । यसअगाडी सम्पन्न अधिवेशनबाट धवलागिरी गाउँपालिका सभापतिमा प्रेम बहादुर पुन, मालिका गाउँपालिका सभापति खिमबहादुर पुन, मंगला गाउँपालिका सभापति नरसिंह केसी, रघुगंगा गाउँपालिका सभापति जीवन मल्ल र अन्नपूर्ण गाउँपालिका सभापति बेलबहादुर पूर्जा रहनुभएको छ ।

Leave a Reply