बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको पाङ अदुवाबारी जोड्ने निर्माणधिन नेपालकै लामो झोलुङ्गे पुलका दुई वटा लठ्ठा नयाँ प्रविधिमार्फत तानिएको छ । ५ सय ६७ मिटर लामो झोलुङ्गे पुलको मुख्य लठ्ठा ९मनकेबल० चार दिन लगाएर सफलता पूर्वक तानिएको निर्माण कम्पनी थानी/बिएलटि/हिमशिखर कन्स्ट्रक्सनका प्रतिनिधि नरहरी खड्काले जानकारी दिनुभयो ।

नेपालमै पहिलो पटक प्रयोग गरिएको लठ्ठा तान्ने चाईनिज प्रविधिको उन्ज मेशिनमा पहिलो लठ्ठा तान्दा ढिला भए पनि आगमी दिनमा दिनमा दुई वटासम्म तान्न सकिने प्रतिनिधि खडकाको भनाई छ । लठ्ठा तान्ने सहजताको लागि नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले बागलुङ र पर्वतको पुल तलको सडकमा ११ मिटर विद्युत तारलाई केबल गरेको छ ।

पुल निर्माणको लागि तत्काल २४ वटा लठ्ठा तान्नुपर्ने हुन्छ । बाँकी चार वटा दायाँ बायाँको लागि पछि तान्ने बताइएको छ । पुलको लागि आवश्यक अन्य भौतिक संरचना तयार भएको छ । कालिगण्डकी नदिमाथि बन्दै गरेको झण्डै एक सय ३० मिटर अग्लो झोलुङ्गे पुलको लठ्ठा तान्न गाह्रो र चूनौतीपूर्ण रहेको निर्माण कम्पनीका प्रतिनिधि खड्काको भनाई छ । ‘नयाँ प्रविधिमा अभ्यास कम छ’ उहाँले भन्नुभयो–‘मेशिन चलाउन राम्रोसँग प्राविधिक ज्ञान भए पछि छिटो छिटो काम हुन्छ।’ चैत्रसम्म निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीलको अनुमान छ ।

पुल निर्माणको प्रगतिबारे जानकारी लिन बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले सोमबार स्थलगत अनुगमन गर्नुभएको थियो । अनुगम पछि गौरवका आयोजना सम्पन्न गर्न सबै निकायसँग समन्वय गरी बाधा फुकाउने र कामलाई तिव्रताका साथ अघि बढाउन निर्देशन दिनुभयो । नेपाल सरकारले लठ्ठा तान्ने प्रविधिको मेसिन चीनबाट खरिद गरेर बागलुङ पठाएको थियो ।

पहिलो चरणमा २४ ओटा लठ्ठा तानिने र त्यसपछि ४ ओटा लठ्ठा तानीने निर्माण कम्पनीका प्रतिनिधि खड्काको भर्नाइ छ । पुलको परस्क्यार फिटमा चार जना अटन सक्ने क्षमता रहेको र पुल भरिभराउ भएपनि थेग्न सक्ने क्षमताको हुनेछ । पुल लामो हुने भएकाले बाइक संचालनमा रोक लगाइने छ । पुलको आयु ५० वर्षसम्म हुनेछ । पुल निर्माण पछि बागलुङ बजारसँग व्यवसायिक सम्बन्ध रहेका कुश्मा नगरपालिकाका जलजला गाउँपालिकावासी लगायतका जनताका लागि सहज पुहुँच पुग्नेछ ।

कालिगण्डकी नदी माथि बन्ने उक्त पुल बागलुङ प्रवेशद्वार मालढुङ्गा बजार, मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर सडक खण्डको ठिकमाथि बन्ने भएकाले पर्यटकीय दृष्टिले महत्वपूर्ण हुने बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो । ‘सस्पेन्सन’ पुल बिभाग मार्फत भएको खुल्ला बोलपत्र प्रकृयाबाट निर्माणको जिम्मेवारी थानी/विएलटी/हिमशिखर जेभी निर्माण कम्पनीले हिमशिखर कन्स्ट्रक्सनले ६ करोड ९१ लाख रुपैँयामा ठेक्का सम्झौता गरेको हो।

Leave a Reply