स्याउ स्वास्थ्यको लागि एकदम गुणकारी फल हो । स्याउमा शरिरको लागि आवश्यक पर्ने विभिन्न पोषक तत्वहरू रहेका हुन्छन् । भिटामिन, पोटासियम, क्याल्सियम, म्याग्नेशियम, फस्फोरस ,आइरन प्रोटिन लगायतका विभिन्न पोषक तत्वह स्याउमा पाईन्छन् । जसले डायविटिज, क्यान्सर लगायत विभिन्न रोगबाट बचाउने क्षमता राख्छ ।

दाँत मजबुत : ब्रस गर्दा पनि दाँत चम्किलो हुँदैन भने दैनिक स्याउ मजाले चपाएर खादा दाँतमा चमक आउने छ ।

एनिमियाको बिरामीलाई फाईदा : एनिमिया रोगको कारण शरिरमा रगतको मात्रा कमी भएर आउँछ र हेमोग्लोविनको मात्रा घट्छ । त्यसको लागि स्याउ खानु अति उत्तम हुन्छ । स्याउमा भएको आइरनले रगतको मात्रा बढाउन सहयोग गर्छ । यस्ता रोगीले दैनिक स्याउ सेवन गर्नु अति उत्तम हुन्छ ।

क्यान्सरको खतरा मुक्त : नियमित सेवन गर्दा पेट तथा स्तनको क्यान्सर हुनबाट बचाउँछ । स्याउले मानिसको शरिरमा रोगसंग लड्ने कोशिकामा तागत प्रदान गर्छ ।

कोलेस्ट्रोल कम : स्याउमा पाईने फाइबरले कोलेस्ट्रोलको मात्रा कम गराउँछ । यसका साथै नियमित स्याउ खाने हो भने डायविटिज हुने सम्भावना पनि २८ प्रतिशतले कमी भएर आउने छ । स्याउको सेवनले शरिरमा ग्लुकोजको मात्रा कमी हुन दिँदैन र इन्सुलिन लिनुपर्ने आवस्यकता पर्दैन ।

तौल सन्तुलित : शरिरको तौल हरदम फिट राख्न चाहनुहुन्छ भने नियमित स्याउ सेवन गर्नुहोस् । स्याउ नियमित सेवन गर्दा तपाईको पाचन प्रणालीलाई सही राख्छ । यसका साथै शरिरको इम्युनो सिस्टमलाई पनि राम्रो राख्छ ।

पत्थरी कव्जीयतबाट बचाउँछ : नियमित स्याउ खानाले पत्थरी हुन सक्दैन । त्यसैगरी नियमित स्याउको सेवनले कब्जीयतको समस्या पनि आउँदैन ।।

Leave a Reply