इसाई धर्मावलम्बीहरुको महान् चार्ड खीष्टमस तथा बडा दिनको अवसरमा बेनीमा पनि धुमधामका साथ पर्व मनाएका छन् । दर्शन मण्डलस् बेनीले मगर संघको सभाहलमा आयोजित कार्यक्रममा बोल्ने बक्ताले दुःखी, गरिब, असहाय र उत्पीडित वर्गलाई सामाजिक रूपमा सशक्त बनाउन मानव समुदायलाई शिक्षा तथा सन्देश दिनुभएका येशुको जीवनको त्याग सम्पूर्ण मानिसका लागि प्रेरणा बन्न सक्ने बताएका थिए ।

कार्यक्रमको अवसरमा नर बहादुर गर्बुजाले सन्देश सुनाउँदै सुख, शान्ति र समृद्धिका लागि मानवजाति बिचको एकता र सहकार्य आवश्यकता रहेको बताए । उनले सर्वसाधारण मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि येशु आफैँ क्रसमा चढेको बताए ।

कार्यक्रममा म्याग्दीको सदरमुकाम बेनी सहित विभिन्न गाउँबाट समेत इसाई धर्मावलम्बीहरु बेनीमा आएका थिए । खीष्टमस तथा बडा दिनको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको थियो । सोही अवसरमा जिसस क्राईष्टको योगदानको बारेमा समेत चर्चा गरिएको थियो ।जेरुसेलमको बेथलेहमा दुई हजार १६ वर्षअघि कुमारी मारियमको कोखबाट येशुको जन्म भएको थियो ।

मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएका थिए । मानव समुदायका लागि र्पुयाएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । कार्यक्रमको अध्यक्षता भगवती पूर्जा र सञ्चालन बम बहादुर थापाले गरेका थिए । पछिल्लो समय म्याग्दीमा समेत इसाई धर्मालम्बीले सदरमुकाम बेनीदेखि ग्रामिण क्षेत्रसम्म चर्च स्थापना गरी विभिन्न कार्यक्रम गर्ने गरेका छन् ।

Leave a Reply