दरबाङलाई ब्यापारिकसँगै पर्यटकीय हवको रुपमा विकास गर्न सकिने शनिबार दरबाङमा आयोजित कार्यक्रमका सहभागिले जोड दिएका छन् । पश्चिम म्याग्दीसँगै बागलुङ र रुकुम जिल्ला जोड्ने ब्यापारिक तथा पर्यटकीय मार्गका लागि स्थानीय सरकारमार्फत पहल गर्नुपर्नेमा जोड दिइएको थियो ।

विश्वकै सातौ अग्लो धौलागिरी हिमाल, एक मात्रै शिकार आरक्ष ढोरपाटन सहित रुकुम जोड्ने गुरिल्ला पदमार्गको मुख्य प्रवेशद्धारको रुपमा विकास गर्न आवश्यक रहेको बताइएको थियो ।

म्याग्दी उद्योग वाणिज्य दरबाङ बजार इकाईको छैठौ बार्षिक साधारण सभाको उद्घाटन गदैं मालिका गाँउपालिकाका प्रमुख श्रीप्रसाद रोकाको बजार ईकाई अलि बढी सक्रिय हुनुपर्ने बताउनुभयो ।उहाँले बजारमा दर्ता नभई ब्यवसाय गरिरहेका ब्यापारीहरुले म्याद सकिएका मालसामानहरु टाँसीमा राखेको जस्ता गुनासो आउने गरेको बताउँदै इकाईले ब्यवसायीलाई सचेत बनाउनुपर्ने बताउनुभयो ।

पालिकाको राजश्व परामर्श समितिको बैठकमा कर लगायतका आर्थिक क्रियाकलापको बिषयमा ईकाईलाई सधै बोलाएर छलफल गरिएको र आगामी दिनमा पनि साथ सहयोग र सहकार्य ईकाईसंग भइरहने विशिष्ट अतिथि उपप्रमुख खरमाया बिटालुले बताउनुभयो । अर्का बिशिष्ट अतिथि म्याग्दी उ.वा.संघ का प्रथम उपाध्यक्ष सुविन श्रेष्ठले ब्यापारिक चहलपहलसँगै आर्थिक कारोबारले रोजगारीको समेत सृजना गर्ने बताउनुभयो ।

उहाँले म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार पछि दोस्रो ठूलो व्यापारीक बजार मालिका गाँउपालिमा रहेको दरबाडबजार ईकाईमा ७ वटै वडाका व्यवसायीहरुलाई गोलबद्ध गरी उद्योगी व्यवसायीहरुको व्यापार व्यवसाय पनि पर्यटन क्षेत्रको बृद्धिसंगै बढ्ने भन्दै स्थानिय सरकारसंग समन्वय गरेर यस ठाँउ पर्यटकीय पूर्वाधारको विकास र प्रचारप्रसार लाग्न अनुरोध समेत गर्नुभएको थियो ।

सोही अवसरमा नेपाल सरकारको कर निति र उद्योगी व्यवसायीका समस्याहरु र व्यवसायीले पालना गर्नु पर्ने निति नियमका बिषयमा पनि सहजीकरण गरिएको थियो ।संघका संस्थापक अध्यक्ष बिर बहादुर कार्कीले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । इकाईका अध्यक्ष गोविन सिंथानीको सभापत्तित्व,सदस्य रामप्रसाद रिजालको स्वागत र संघका सहसचिव अमृत सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply