धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउने गर्दछन् । जन्मदिनमा धेरै खर्च गर्ने प्रबृत्ति बढिरहेको अवस्थामा एक यूवाले गरिब तथा विपन्नको उपचारमा सहयोग पुग्ने गरी परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई आर्थिक सहयोग गरेका छन् ।

अस्टेलियामा रहेका अभिषेक खड्काले आमा रामकुमारी खड्का मार्फत कोषलाई जन्मदिनको अवसरमा १० हजार सहयोग गरेका हुन् । शनिबार कोषको कार्यालयमा आयोजित कार्यक्रममा जन्मदिनको अवसरमा रचनात्मक सहयोग गर्ने उद्देश्यले छोरालाई आजिवन सदस्यता सहित सहयोग गरेको रामकुमारीले बताईन् । सोही अवसरमा कोषका अध्यक्ष राजेश शाक्यले कोषमार्फत विपन्नको उपचारमा सहयोग गर्ने गरी अक्षय कोष स्थापनाको अभियानमा खर्च गर्ने बताए ।

उनले आर्थिक अभावकै कारण उपचारबाट बन्चित भएकालाई कोषले आर्थिक सहयोग तथा अभियान सञ्चालन गरेर उपचार गर्ने गरेको बताए । हालसम्म विभिन्न रोगका बिरामीको उपचारमा कोषले विभिन्न माध्यमबाट संकलन गरेको आर्थिकलाई प्रयोग गरेको छ । कार्यक्रममा कोषका कोषाध्यक्ष विनय श्रेष्ठ, सचिव लोकेश पुनमगर, कार्यसमिति सदस्य डकबहादुर रोका लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply