---Advertisement---

मेलमिलाप दिवसको अवसरमा दलित र गैर दलित बिच भोज

By -
On: December 29, 2019 6:56 PM
Follow Us:

४३ औँ मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस धवलागिरी गाउँपालिका कार्यसमितिले ताकम धारापानीमा कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा बोल्ने बक्ताले पार्टीभित्रको आन्तरिक मेलमिलापले नेपाली काँग्रेस बलियो हुने एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । आन्तरिक कलहले पार्टी कमजोर हुने भएकाले नेतालाई सहमतिका लागि दवाव दिनुपर्नेमा जोड दिएका हुन् ।

मेलमिलाप दिवसको अवसर पारेर आयोजित कार्यक्रम तथा दलित र गैर दलित बिच भोजमा संविधानमा जातिय छुवाछुत अन्त्य भएपनि समाजमा कायम रहेको छुवाछुतलाई ब्यवहारबाटै अन्त्य गर्नुपर्नेमा जोड दिइएको थियो । कार्यक्रममा बोल्दै पूर्व संविधान सभा सदस्य रेशम बहादुर बानियाँले काँग्रेसले गाउँमा नै यस्तो दलित र गैर दलित बिच सभोजको (मैत्रिपूर्ण) आयोजना गरेकाले यसले राम्रो सन्देश प्रवाह गरेको बताए ।

उनले दलित र गैरदलित बीचको एकताबाटै गाउँका हरेक समस्या समाधान हुनेमा जोड दिए । धवलागिरी गाउँपालिका इकाइ सभापति क्या मन बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा महासमिति सदस्य टम बहादुर थापा, नेपाली काँगे्रस म्याग्दीका प्रबक्ता अजय मिलन श्रेष्ठ, जिल्ला सदस्य केवि भण्डारी, मन कुमारी बिक, मालिका गाउँपालिका अध्यक्ष श्री प्रसाद रोका, नेपाल दलित संघका केन्द्रिय सदस्य त्रिलोक चन्द विश्वास, नेपाली काँग्रेस मालिका गाउँपालिका उप सभापती मेख बहादुर पुन, प्रदेश क्षेत्र ख का सचिव हिरा पुन, कोषाध्यक्ष तेजेन्द्र थापा, तरुण दल म्याग्दीका अध्यक्ष मुकुन्द छन्त्याल, मालिका गाउँपालिका उप सभापती पिपला बुढा लगायतले बोलेका थिए ।

-