नयाँ वर्ष सन् २०२० को उल्लासका साथ बुधबार उद्घाटन गरिएको छ। नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको प्रमुख आर्कषण मध्येको गन्तब्य म्याग्दी र मुस्ताङ जिल्ला पनि हो ।

विभिन्न पर्यटकीय, धार्मिक, सांस्कृतिक रितिरिवाज र परम्पराहरूको संरक्षण तथा प्रर्वधनमार्फत विदेशीलाई आर्कषित गर्ने अभियानमा नेपाल सरकारले सुरु गरेको भ्रमण बर्षमा सडकमार्ग हुदै म्याग्दी जिल्लामा भित्रिने पर्यटकलाई स्वागत गर्ने पर्वतबेनी र कालिपुल जोड्ने पक्की पुलमा निर्मित प्रवेशद्धारमा चन्द्र–सूर्यअंकित राष्ट्रिय झन्डा च्यातिएको अवस्थामा भेटिएपछि दुई यूवाको प्रयासमा झन्डासँगै नेपाल भ्रमण बर्षको ब्यानर राखिएको छ ।

भ्रमणबर्षमा म्याग्दी भित्रिने पर्यटकलाई नकारात्मक सन्देश प्रवाह हुने भन्दै दिनेशकुमार विश्वकर्मा र इन्द्रबहादुर विश्वकर्माको ब्यक्तिगत खर्चमा झन्डा र म्याग्दी जेसिजले भ्रमण बर्षको ब्यानर सौजन्य गरेपछि जोखिम मोलेर गेटमै राखेका छन् । ‘भ्रमणबर्ष सफल बनाउन सबैको प्रयास आवश्यक छ,‘राज्यको मुख मात्रै ताकेर मात्रै भ्रमण बर्ष सफल हुदैन्’ यूवाद्धय विश्वकर्माले भने । शान्ति मन्त्रालय अन्तरगत शान्ति समितिको पहलमा निर्माण गरिएको प्रवेशद्धारले बेनी भित्रिने पर्यटकलाई गिज्जाइरहेको छ।

छिमेकी पर्वत जिल्लाको जलजला गाउँपालिकाबाट बेनीप्रवेश गर्ने यात्रुको नजर अस्तब्यस्त प्रवेशद्धारमा राखिएको झन्डाका बारेमा यात्रुले समेत गुनासो गर्ने गरेका थिए । प्रवेशद्धार नजिकै हाडवर्यर पसल, ठूला सवारीसाधनहरु पार्किङ गर्ने गरिएको छ । म्याग्दी जिल्लाको सदरमुकाम प्रवेशद्धारमा थप आर्कषक बनाउनुपर्नेमा म्याग्दी होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यग ताराप्रसाद आचार्य बाबुरामले बताए । प्रवेशद्धारमा जिल्लका प्रमुख धार्मिक तथा पर्यटकीयस्थल सहितका जानकारी डिजिटल बोर्ड राखेर पहिलो नजरमै सकारात्मक प्रतिक्रिया दिने वातावरण बनाउनुपर्ने आचार्यको भनाई छ ।

नेपालमा घुम्नै पर्ने पर्यटकीय गन्तब्यमा म्याग्दीको घोरेपानी, पुनहिल विश्वमै प्रख्यात रहेको छ भने अन्य पर्यटकीयस्थलहरुको समेत प्रचारप्रसारका लागि पर्यटक प्रवेश गर्ने स्थानमा थप ब्यवस्थित बनाउनुपर्ने धौलागिरी पर्यटन परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाँले बताउनुभयो । उहाँले नेपाल भ्रमण वर्षलाई सफल पार्न सकारात्मक सन्देश सहित पूर्वाधार प्रमुख आधार भएको बताउनुभयो । म्याग्दीमा बर्षेनी ५० हजारको हाराहारीमा विदेशी पर्यटक भित्रिने गरेका छन् ।

Leave a Reply