म्याग्दीका लोकप्रिय गायक हेमन्त कान्छा रसाईलीको ‘किन होला खै’ को म्यूजिक भिडियो युट्युबको ट्रेन्डिङ’ मा पर्न सफल भएको छ । म्याग्दीको मालिका गाउँपालिका–४, मट्ठडाँडा स्थायी घरभई काठमाण्डौमा रहेका रसाईलीको उक्त गीत युट्युबको ट्रेन्डिङको ४८ नम्बरमा रहेको छ ।

नेपालमा चल्तीका फिल्लमहरुमा समेत सारङ्गी बाधकको भूमिमा देखिएका रसाईलीको उक्त गीत पछिल्लो समय यूवापुस्ताले टिकटकमा भाईरल बनाएका छन्।गीतले १ लाख २३ हजार बढी दर्शक ‘भ्युअर्स’ पाएको छ ।

‘सबैको मायाँले गीतको चर्चा भइरहेको छ,‘बजारमा गीतको प्रतिक्रियाले थप उत्साहित छु’ रसाईलीले बेनीअनलाइलाई भने। कच्चा प्रेम सम्बन्धलाई दर्शाउन यूवायूवतीले गीतमा रहेको कसैलाई मयाँ फसाउने फुल हुनी, कसैलाई मयाँ आँसुको मुल हुनी’ भन्ने टुक्का धेरै चर्चामा छ ।

उनले यूटुवमा भ्यूर्अस पछिल्लो समय बढेको बताउँदै टिकटकमा अभियनले यूवाहरुलाई सारङ्गी बाधकको महत्व झल्किएको बताए ।गन्धर्व जातिले आफ्नो मौलिक बाजा सारंगी लोप हुन थालेपछि जर्गेना गर्न सक्रिय भएको रसाईलीको भनाई छ ।

विविध जातजाति तथा संस्कृतीले भरिएको देशमा गन्धर्व जातिहरुको मौलिक गीत कर्खा लोपोन्मुख अवस्थामा पुगेपछि संरक्षणका लागि गीतमार्फत यूवापुस्तालाई सुनाउने प्रयास गरेको बताए ।उनले लोक गीत संगीत क्षेत्रमा फरक पहिचान र मौलिकतालाई प्राथमिकता दिएको बताउँदै रसाईलीले थप नयाँ गीतको तयारीमा रहेको बताए ।

उनले काँचो सुन्तला, भाग्यमानी, बालापन लगायतका गीतहरु निकै लोकप्रिय छन् । आफ्नै स्वरमा रहेको गीतको शब्द संगीत राजकुमार बगरको रहेको छ । रसाईलीले आफ्नै आधिकारिक यूटुउव च्यानल ‘हेमन्त कान्छा रसाईली ’बाट अपलोड रहेको गीत एकपटक हेर्नुहोला ।

Leave a Reply