भारतबाट घरतर्फ हिडेका एक म्याग्देली मृत्यु भएको छ । म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ आल्टा घर भएका गमबहादुर पुनको उच्च रक्तचापको कारण मृत्यु भएको बताइएको छ । भारतको मन्द्रासमा सेक्युरेटी गार्डमा कार्यरत पुन कम्पनीबाट विदा लिएर घरतर्फ हिडेकोमा पौस ९ गते रेलभित्रै अचेत अवस्थामा भेटिएका थिए।

रेलभित्र अचेत अवस्थामा भेटिएका पुनलाई प्रहरीले अस्पतालमा पुर्याएपछि उपचारको क्रममा मृत्यु भएको बताइएको छ । मृतक पुनको पहिचान नभएपछि पाँचदिनपछि सम्पूर्ण विवरण राखेर अन्तेष्टी गरिएको स्थानीय लोकेश पुनमगरले बताए ।

उनका अनुसार भारतीय प्रहरीले उपचारदेखि अन्तेष्टीसम्मको तस्वीर समेत प्रहरीलाई उपलब्ध गराएका थिए । पौस ९ गते विहान साढे ६ बजेसम्म गोरखपुरबाट म्यासेन्जरमा सम्पर्क भएपनि एक्कासी सम्पर्क्विहिन भएका थिए । मृतक पुनको एक श्रीमति र ३ छोरी छन् । मृतक पुनका नगद सहित सम्पूर्ण साम्रागी परिवारको जिम्मा लगाइएको बताइएको छ ।

Leave a Reply