अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

आविष्कार केन्द्रका लागि उपहार पाएको मोबाइल बेच्दै महावीर

On: January 2, 2020 7:51 PM
Follow Us:

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनले केन्द्रलाई आर्थिक जुटाउन आफ्नो मोबाईल समेत बेच्ने भएका छन् । साथीबाट उपहारमा पाएको सामसुङ ग्यालेक्सी नोट १० मोवाइल बेच्न लागेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बजारमा १ लाखभन्दा बढी मुल्य पर्ने मोबाइललाई बजार मुल्यभन्दा सस्तोमा विक्री गर्ने बताएका छन् । ‘पहिल्यै मोबाइल भएकोले उपहारमा आएको यो मोबाइल बेच्न लागेको छु’ पुनले भने । उनले आफ्नो कार्यसम्पादनका लागि २० हजारसम्मको मोवाइलले काम चल्ने भएकाले महंगो मोवाईल आवश्यक नभएको बताए ।

जनस्तरबाट र विदेशीहरुले पनि गरेको झण्डै ८ करोडको लगानीमा स्थापना गरिएको केन्द्रमा यसअगाडी समेत पुनले यसअगाडी आविष्कार केन्द्रलाई आर्थिक अभाव भएपछि कास्की जिल्ला बेगनास तालको उत्तरपट्टीको ठुलाकोट भन्ने डाँडामा २० बर्ष अगाडी खरिद गरेको २८ रोपनी जग्गा समेत दान गरेका थिए । सन् २००७ मा एशियाको नोबेल पुरस्कार भनेर समेत चिनिने म्यागासेसे पुरस्कारबाट समेत सम्मानित भएका पुन म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ नाँगीबासी हुन् ।

नयाँ–नयाँ सोच भएका युवाहरुलाई उद्यमी बन्न र देशको आर्थिक विकासमा योगदान दिने खालका कुनै पनि क्षेत्रको बस्तुहरुको उत्पादन गरेर व्यापार गर्न आवश्यक सहयोग गर्ने गरी केन्द्रको स्थापना गरिएको छ । केन्द्रमा २० वटा प्रोजेक्ट सञ्चालनमा आएका छन । ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम सुरु गरिएकाले समेत स्वदेश तथा विदेशबाट नेपालीले आर्थिक सहयोग गरिरहेका छन् ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।