नेपाल तरूण दलका केन्द्रिय कोषाध्यक्ष विद्वान गुरूङले नेकपा सरकारले देशमा अपराध र भष्ट्राचारलाई संस्थागत रूपमा संरक्षण गरेको आरोप लगाएका छन् । आइतबार नेपाल तरूण दल म्याग्दीको तरूण भेला तथा भेटघाट कार्यक्रमलाई बेनीबजारमा सम्बोधन गर्दै गुरुङले मुलुकमा तरुण दलको आवश्यकता देखिएको बताउँदै तरूण दलको स्थापना नै निरंकुशताको विरूद्धमा र राष्ट्रको मुक्तिका लागि भएको दाबी गरे ।

युवा नेता गुरुङले ईतिहास भएको पार्टीले मात्र इतिहासको कुरा गर्न सुहाउने उल्लेख गर्दै कुनै इतिहास नभएको र हिँसाको जगमा उभिएर स्थापना भएको पार्टीबाट जनताले न्यायको आशा गर्नु दुर्भाग्य भएको बताए ।  तरुणहरू काँग्रेसभित्रको आन्तरिक झगडा र गुट उपगुटको पछि नलागी पार्टी संगठनको पक्षमा लाग्न आग्रह गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मीले तरूण दलको स्थापना नै निरंकुश पंचायती शासनको विरुद्धमा भएकोले देशमा आउने सबैखालका अधिनायकवाद र निरंकुशताको खिलापमा लड्न तरूण दललाई आग्रह गरेका थिए । तरूण दल पार्टीको बलियो शक्ति भएकोले पार्टीलाई परेका हरेक अप्ठ्याराहरुमा तरुणहरू एक भएर अघि बढ्न सुझाव समेत दिए ।

सोही कार्यक्रममा नेपाली काँग्रेस म्याग्दी क्षेत्र ख का सभापति कमल छन्त्याल, नेपाली कांग्रेस म्याग्दीका जिल्ला कार्यसमिति सदस्य केवी भण्डारी, नेपाली कांग्रेस म्याग्दीका जिल्ला कार्य समिति सदस्य मनकुमारी विक, नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्वतका सदस्य डा चूडामणि शर्मा, नेपाल तरूण दल म्याग्दीका कोषाध्यक्ष हिरा पुन, नेपाली काँग्रेस मालिका गाउँपालिकाका सभापति खिम पुन र नेपाली विद्यार्थी संघ म्याग्दीका जिल्ला अध्यक्ष निर्मल खत्री लगायतले बोलेका थिए ।

नेपाल तरूण दल म्याग्दीका अध्यक्ष मुकुन्द छन्त्यालको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन तरूण दलका सचिव सुमन बानियाँले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य तरूण दलका उपाध्यक्ष सोहन श्रेष्ठले गरेका थिए ।

Leave a Reply