समाजसेवी इशा गुरुङले महाबिर पुनको आबिस्कार केन्द्रलाई सहयोग गरेकी छन् । उनले बेलायतबाट चलाएको दुई हप्ते छोटो अभियान मार्फत १२ लाख १८ हजार रकम सहयोग गरेकी हुन् ।

उक्त रकमको चेक आइतबार कृतिपुरमा रहेको आबिस्कार केन्द्रको कार्यलयमै एक कार्यक्रम बीच हस्तान्तरण भएको छ ।उनको सहयोग अभियानमा बेलायत लगायत अन्य देश तथा विदेशबाट जुटेका थिए । सहायोग अभियानलाई साथ् दिन बेलायतबाट ३१ र अन्य देशबाट १ सय १२ भन्दा धेरै अभियन्ताहरु सहभागी भएको इशा गुरुङले बताइन ।

सहायोग पाएपछि महाबिर पुनले सहयोग अभियानको संयोजन गर्ने इशा गुरुङ लगायत अन्य सहयोगी दाताहरुलाई धन्यबाद दिएका छन् । सहयोगी मनलाई आभार व्यक्त गर्दै यो राष्ट्रिय आबिस्कार केन्द्र सबैको साझा भएको बताएका छन् । यसको उदेश्य अबको १० वर्ष पछि अन्तराष्ट्रिय आबिस्कार केन्द्रको रुपमा बिकाश गर्ने पुनले बताए । साथै अबको ३०-४० वर्षपछि अन्तराष्ट्रिय रिसर्च एण्ड इनोभेसन युनिभर्सिटि बनाउने पुनले बताए ।आबिस्कार केन्द्र दिर्घकालिन महाअभियान भएको पनि जनाए । अहिलेसम्म आबिस्कार केन्द्रको लागी करिब ९ करोड आर्थिक जुट्न थालेको पुनले बताएका छन् । सहयोग गर्ने दानबिरहरु दुई चार जना बाहेक धेरै नेपालीहरु नै भएको बताए । Source: postpati.com

Leave a Reply