लोकप्रिय गायक सम्भोज मल्लको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । यूवापुस्तामा निकै लोकप्रिय रहेका मल्लको लोकप्रिय गीत ‘उकाली’ चर्चित गायक तथा सर्जक बसन्त थापाको अफिसियल यूटूब च्यानलबाट बजारमा आएको हो । बसन्त थापाले आफैले अभिनय र निर्देशन गरेको गीतमा सम्भोज मल्लको शब्द, संगीत र उनकै आवाजमा रहेको गीतको भिडियोमा बसन्त सँगै ऐश्वर्यले अभिनय गरेकी छिन्।

यूवापुूस्तालाई लक्षित गरी गीत बजारमा ल्याउने गरेका गायक मल्लको नयाँ म्यूजिक भिडियो रिलिज भएलगत्तै सामाजिक सञ्जालमा समेत चर्चा सुरु भएको छ।गीत यूवापुस्ताको रोजाईमा परेको छ। गायक मल्ल माया–प्रेमले भरिएको गीतदले दर्शक तथा स्रोतको मन जित्न सफल हुने बताए । ‘मेरो हरेक गीतलाई धेरै यूवापुस्ताले रुचाउनुभएको छ,‘यो गित बाँकी यात्रालाई निरन्तरता दिने एउटा सुन्दर उपहारको रुपमा लिइदिनुहोला’ मल्लले बेनीअनलाइनलाई भने ।

 

सम्भोज मल्लको शब्द, संगीत र उनकै आवाजमा रहेको गीतको भिडियोमा बसन्त सँगै ऐश्वर्यले अभिनय गरेकी छिन्।गीतको निर्देशक नेपाली लोकसंगीतमा चर्चित भएकाले पनि निर्देशनमा गरिएको मेहनत र छायाँङ्कन उत्कृष्ट रहेको समेत प्रक्रिया आउन थालेको छ ।

डेढदशक देखि ब्यवसायीक रुपमै संगीतको क्षेत्रमा लागेका गायक मल्ल म्याग्दीको मंगला गाउँपालिका वडा नं २ सस्रधाराका हुन् । आफ्नै शब्द, संगीत र स्वरमा बजारमा ल्याएको गीत ‘गोरी सुन रे’ सबैको ओठमा झुन्डिएको गीत हो। यही गीतले ब्यवसायीक रुपमै संगीतको क्षेत्रमा प्रवेश गरेका मल्ल स्वदेशदेखि विदेशसम्मका स्टेजसम्म पुगेका छन् । ‘सोलस’ र ‘सनक’ नामक एल्बममा समावेश सबै गीत चर्चित भएका थिए । गोरी सुन रे, जब साँझ पर्छ, सेतो घोडा र पर्खेर बस उनका अत्यधिक रुचाइएका गीत हुन् ।

Leave a Reply