हरिप्रसाद पौडेल/ २०७६ पुषको १८ गते शुक्रवारका दिन विहान १०ः१५ मा रुझ्दै कार्यालय पुग्दा कार्यालय खुलीसकेको तर कार्यालयमा सहायक कर्मचारीहरु वाहेक अन्य कुनैपनी कर्मचारीको उपस्थिती थिएन । कार्यालय भित्र सेवा ग्राहीलाई सघाउने नाममा कार्यालयको अघोषित अनुमतीमा कार्यालयको नजिकमा सेवा केन्द्र खोलेर वसेका दलालहरु भित्र पसिसकेका थिए ।
मैले आफुले लिने सेवाको वारेमा कुरागर्ने कार्यालय कर्मचारी लाई नदेखेपछी पुछ्दा सरहरु आइपुग्नुभएको छैन के गर्नुपर्ने हो वहासंग भन्नुस भन्दै कार्यालयका सहायक कर्मचारीले उनै दलाल तर्फ मलाई फर्काइसकेपछी मैले उनलाई आफुले लिने सेवा वारे भन्न कर लागिहाल्यो र सेवा वारे भनेपछी म उनै दलालको पञ्जामा परीहालें ।
कार्यालयवाट पाइने फारम जती सवै कार्यालयमा नभएर उनै दलालका पसलमा हुदोरहेछ मलाई समाएरै आफ्नो पसलमा पु¥याएर कार्यालय भित्रवाट मैले लिन खोजेका फारम फटाफट भराइसकेर कार्यालयमा पठाए । अझैपनी कर्मचारीहरु आइसकेका थिएनन् त्यतीवेला विहान को १०ः३० भइसकेको थियो । अघिल्लो दिनको सवारी चालक अनुमती पत्र को लिखित परिक्षाको नतिजा प्रकाशन भइसकेको र आजनै प्रयोगात्मक परिक्षा हुने सूचानका कारण सेवाग्राहीको चाँप वढिनै भइसकेको थियो ।
१०ः३० पछाडी फाँटवाला कर्मचारीहरु आउने क्रम सुरु भयो पञ्चायतकालमा राज सवारी चलाएको शैलिमा फाँटवाला कर्मचारीहरुको प्रवेश हुन थाल्यो । अड्डामा छिरीनसक्दै फेसवुक र म्यासेन्जरमा जम्नथाले कर्मचारीहरु, कुर्चिमा त वसे तर अझैपनी सेवग्राही तर्फ फर्कने कुनै लक्षण उनिहरुमा देखिएन । त्यतीवेला सम्म कार्यालय प्रमुखको कार्यकक्षमा सवारी भएको थिएन ।
म्यासेञ्जरमा चर्का चर्का कुरा गर्दै गर्दा सेवाग्राहीले आज प्रयोगात्मक परिक्षा हुने वा पानिको कारण स्थगीत हुने भनेर सोधीरहेका थिए टेलिफोनको घण्टी निरन्तर वजिनै रहेको थियो, सहायक कर्मचारीलाई टेलिफोन उठाउन थर्काइरहेका थिए स्थाई सरकारका फाँटवाला प्रतिनिधिहरु ।
म मेरो सवारी चालक अनुमती पत्र नविकरण गर्न यातायात कार्यालय पुगेको थिएँ । त्यसको लागी सक्कलै सवारी चालक अनुमती पत्रका साथ साथ नागरीकताको प्रतिलिपि र निरोगिताको सर्टिफिकेट चाहिदो रहेछ, अरु कागजात त मसंग नै हुने भए निरोगिताको सर्टिफिकेट के गर्नेहोला भनेको त्याहाँ समस्याको समाधान पहिल्यै गरिएको हुदोरहेछ दलाल मार्फत । दलालकोमा खालि सर्टिफिकेटमा दस्तखत गरेका सर्टिफिकेटहरु तोकिएको मुल्यमा किन्न पाइदोरहेछ वडो अचम्म लाग्यो ।
झलक्क नेपालको सावरी दुर्घटनालाई सम्झें किन नहोस् त सवारी दुर्घटना ? सवारी चालकको वर्तमान स्वास्थ्य अवस्था वुझेर मात्र सवारी चालक अनुमती पत्र प्रदान गर्नु वा नविकरण गर्नुपर्ने कानुनि प्रावधानको यातायात कार्यालयकै मिलेमतो मा चरम खिल्ली उडाइएको देखेपछी अत्यन्त दुःख लाग्यो । जुन निकाय निति कार्यान्वयन गराउन जिम्मेवार हुनुपर्ने हो सोही निकायको मिलेमतोमा उल्लेखीत कानुनी प्रावधानहरुको खिल्ली उडाइएको छ ।
ति डाक्टर साहवलाई कत्तिपनी हेक्का रहेनछ आफ्नो पदिय मर्यादा र नैतिकताको या उनलाई पनी त केही आउनेनै भयो त्यसैले खाली पानामा दस्तखत गरेर दलाललाई उपलब्ध गराएका होलान, यातायात कार्यालयका प्रमुख देखी तहगत कर्मचारीलाई पनी त दलाल मार्फत केही हिस्सा जाने भएरै होला खुलेआम निरोगिताको प्रमाण पत्र दैलोमा वेच्दा समेत लाजै नमानी भित्र वाहीर गरेको ।
आखीर को हो त कानुन पालना गराउने निकाय ? कस्ले हो जिम्मेवारी लिनुपर्ने ? दलालहरु मार्फत को ठेकीले किन्न नमिल्ने भएर होला फाँटवाला कर्मचारीको टेवलमा प्रिण्टेड रसीदमा दस्तखत गर्ने कलम समेत छैन भनेर सेवाग्राही तर्फ फर्कन्छन् । सरकार सरकारी नियकायको यो हविगत कहिले सम्म ? नागरीक कहिले सम्म सदाचार वन्नुपर्ने हो ?
लेखक गैरसरकारी संस्था महासंघ म्याग्दीका निर्वतमान अध्यक्ष हुन् ।