दुवै मृगौलामा समस्या देखिएपछि उपचारमा आर्थिक समस्या झेल्दै आएका धवलागिरी गाउँपालिका–१, गूर्जाका एक यूवाले सहयोगको याचना गरेका छन् । गूर्जाका २३ बर्षिय खगेन्द्र छन्त्यालको दुवै मृगौलाले काम नगरेपछि काठमाण्डौमा उपचार भइरहेको अवस्थामा आर्थिक समस्या देखिएको वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रबक्ता झकबहादुर छन्त्यालले बताए ।
‘विपन्न परिवारका हुन्,‘सामान्य कृषिपेशाबाट परिवारको गुजरा चल्ने गरेको छ’छन्त्यालले भने।

उनका अनुसार प्रत्यारोपण सहित नियमित उपचारका लागी आर्थिक आवश्यकता रहेको उनले बताए । मृगौला प्रत्यारोपण तथा डायलासिस गर्नुपर्ने चिकित्सकले बताएपछि पीडितका परिवारले गूर्जाबाट स्वदेश तथा विदेशमा रहेकाहरुलाई सहयोग जुटाउन अपिल गरेका छन्।नाता, ईष्टमित्र तथा आफन्तलाई उपचारमा हारगुहार गरेका छन् । हरिकृष्ण गौतम

Leave a Reply