जिल्ला प्रहरी कार्यालय म्याग्दीले मंगला गाउँपालिकालाई सम्मान गरेको छ । प्रहरीसँग साभेदारी गर्ने म्याग्दीका सबै स्थानीय तहलाई सम्मान गर्ने कार्यक्रम अन्तरगत मंगला गाउँपालिकामा एक कार्यक्रम गरी सम्मान गरिएको हो । मंगला गाउँपालिकामा आयोजित कार्यक्रममा प्रहरी निरिक्षक धुव्र शर्माले स्थानीय सरकारको सहयोगमा समुदायमा आधारित कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।

उहाँले विद्यालय, संघसंस्था लगायत समुदायको सक्रियतामा गाँजा फडानी सहितका कार्यहरुमा मंगलाका जनप्रतिनिधिले ठूलो सहयोग गरेको भन्दै प्रशंसा गर्नुभएको थियो । सोही अवसरमा प्रहरी महानिरीक्षक सबेन्द्र खनालले पठाएको प्रशंसापत्र गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सिर्जना केसी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमलाई सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।

सोही अवसरमा गाउँपालिका अध्यक्ष रोकाले प्रहरीसँग सहकार्य गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताउनुभयो । सुरक्षित समाज निर्माणका लागि सहकार्य आवश्यक रहेको बताउँदै रोकाले विद्यालयमा सचेतना कार्यक्रम, लागुऔषध सम्बन्धि अभिमुखिकरण, सरसफाई लगायतका कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने बताउनुभएको थियो । प्रहरीले बेनी नगरपालिका, मालिका, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकालाई समेत सम्मानपत्र सहित कार्यक्रम गर्ने जनाइएको छ ।

Leave a Reply