प्राथमिक उपचारका बारेमा बेनीका विद्यार्थीलाई तीनदिने तालिम सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी बेनी उपशाखाको आयोजना नेपाल रेडक्रस सोसाइटी म्याग्दी जिल्ला शाखाको समन्वय तथा बेनी नगरपालिका वडा नम्बर ७ को आर्थिक सहयोगमा आयोजित तालिममा बेनी सामुदायिक माविमा अध्ययनरत विद्यार्थीको सहभागिता रहेको छ ।

तालिमको उद्घाट गदैं वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले प्राथमिक उपचारका बारेमा सचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले स्कुलका बालबालिकालाई दिइएको तालिमले समुदायमा छिटै प्रभाव पार्ने बताउनुभयो । तालिममा बालबालिकालाई प्राथमिक उपचार, घाइते उपचारका चरणहरु, बेहोसी सिपि आर प्रक्रिया, पानीमा डुबिरहेको, कुकुरको टोकाइ, सर्प टोकाइ, हाथ खुट्टा भाँचिएका, नाकबाट रगत बगिरहेको, ब्लिडिन्ग आदिजस्ता अवस्थाहरुमा कसरी प्राथमिक उपचार गर्ने र ज्यान कसरी बचाउन सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिइने छ ।

सामान्य उपचारदेखि पैदलयात्राको क्रममा हुने विभिन्न समस्यालाई प्रयोगात्मक जानकारी समेत गराइने छ । तालिमको अध्यक्षता नेपाल रेडक्रस सोसाईटीका उपसभापति काशीराम रेग्मी, स्वागत बेनी उपशाखा पूर्व सभापति विनोद श्रेष्ठ र सञ्चालन मुक्ति ढुंगानाले गर्नुभएको छ ।

Leave a Reply