बागलुङको तमानखोला गाउँपालिका १ बोेंगादोभानाका एक युवाको आफैले बोकेको भरुवा बन्दुकको छर्रा लागेर ज्यान गएको छ । स्थानिय ४७ बर्षिया ओमबहादुर घर्तीलाई बिहिवार आफैले बोकेको बन्दुकको छर्राले लागेको थियो । बन्दुकको छर्राले लागेर गम्भीर घाईते भएका उनलाई उपचार लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घर छेउको जंगलमा बाँदर लखेट्न भन्दै भरुवा बन्दुक बोकेर निस्केका घर्ती बिहिबार दिउँसो २ बजे बन्दुक पड्केर छर्राले लाग्दा घाईते भएको स्थानीयले बताएका छन् । उनको बाँयाँ हात, खुट्टा र पिडौंलामा चोट लागेको थियो । घटना लगत्तै स्थानीयले घर्तीलाई उपचारका लागि धौलागिरी अञ्चल अस्पताल बागलुङ ल्याए पनि राती पौने ९ बजे अस्पतालले मृत घोषणा गरेको डीएसपी झविन्द्र भट्टराईले जानकारी दिए ।

घटनाका बारेमा ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी टोली खटाएर अनुसन्धान थालिएको पनि भट्टराईले जानकारी दिए । घर्तीले प्रयोग गरेको भरुवा बन्दुक लाइसेन्स प्राप्त भए नभएको बिषयमा समेत प्रहरीले खोजी थालेको छ । मृतक घर्तीको शव आवश्यक अनुसन्धान र पोष्टर्मामपछि उनको शवलाई परिवारको जिम्मा लगाईने प्रहरीले जनाएको छ ।

Leave a Reply