बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले गत आर्थिक बर्षमा १ करोड २८ लाख भन्दा बढी आम्दानी गरेको छ । बेनीबजार र गलेश्वर क्षेत्रमा बसोबास गर्ने करिव १९ हजार जनसंख्यालाई शुद्ध पिउनेपानी वितरण गदै आइरहेको संस्थाले पानीको महसुलबाट ८९ लाख ८१ हजार सहित अन्य विभिन्न शिर्षकमा करोड २८ लाख ९८ हजर ६७८ आम्दानी गरेको हो।

शुक्रबार बेनीमा सम्पन्न संस्थाको २० औ साधारणसभामा कुल आम्दानीबाट खर्च ९९ लाख ९० हजार ८४० भएकोमा खुद बचत ३० लाख ७ हजार ८३८ र नगर विकास कोषलाई १ करोड ५३ लाख १ हजार ३५८ भुक्तानी गर्न बाँकी रहेको प्रतिबेदनमा उल्लेख छ ।

साधारणसभाको उद्घाटन गदैं बेनी नगरपालिकाकाका मेयर हरिकुमार श्रेष्ठले बजारक्षेत्रमा २४ घण्टै खानेपानी वितरणको वातावरण बनाउन आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले नगरपालिका भित्रका सबै वडामा समेत शुद्ध खानेपानी वितरणको अभियानलाई समेत प्राथमिकता दिएको बताउनुभयो । ‘स्वच्छ खानेपानी पिउनु नागरिककको अधिकार हो,‘घरधुरीमै खानेपानी पु¥याउन प्रतिबद्ध छौ’मेयर श्रेष्ठले भन्नुभयो ।

साधारणसभामा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले अन्य सहरको तुलनामा बेनीबजारमा वितरण भइरहेको खानेपानी शुद्ध र सफा रहेको बताउनुभयो । म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कर्मचार्य, लेखनाथ सिहाना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था पोखराका उपाध्यक्ष हरिप्रसाद लामिछाने, उपभोक्ताको तर्फबाट साधनाकुमारी श्रेष्ठ र नवराज शर्मा र शुभकामना मन्तब्य राख्नुभएको थियो । साधारणसभाको अवसरमा संस्थामा कार्यरत मिटर रिडर सौरभ किसानलाई नगद ७ हजार सहित सम्मानपत्रले सम्मान गरिएको थियो ।

ग्रामीण क्षेत्रबाट तीव्र बसाइँ सराइका कारण बढ्दो जनसंख्याको चापले खानेपानीको अभाव महसुस गरी बि.स २०६३ सालमा करिव ५ करोडको लागतमा सुरु गरिएको खानेपानी संस्थामार्फत बेनीबजार र गलेश्वर बजारका १ हजार ३३ घरधुरीमा धारा जडान गरिएको छ। बि.श २०७३ सालमा ६ करोड १५ लाख थप गरी कुल ११ करोड १२ लाखको लागतमा सञ्चालित संस्थाले नयाँ र आधुनिक प्रविधिको प्रयोगलाई समेत जोड दिएको छ ।

संस्थाका सचिव रमेश गिरीले संस्थाको प्रगति, कोषाध्यक्ष टंक हमालले आर्थिक प्रतिवेदन, उपाध्यक्ष माधवप्रसाद रेग्मीको स्वागत र अध्यक्ष सुवासकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको पुम्दीखोलाबाट प्रति सेकेण्ड २५ लिटर बराहपाखोमा रहेको ३ ओटा इन्टेक,चारवटा आरभिटी र १७० ओटा वितरण च्याम्बर रहेका छन् । बेनी–जोमसोम–कोरला सडक विस्तारको क्रममा खानेपानीको पाइपमा क्षती पुग्दा खानेपानी आपूर्तीमा समस्या भइरहेको छ ।

Leave a Reply