मालिका गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा केवि एकेडेमी दरबाङ प्रथम भएको छ । नेपाल विद्यार्थी संघ जनप्रिय मावि दरबाङ मुल इकाइको आयोजनामा शुक्रबार दरबाङमा भएको प्रतियोगितामा भगवती आधारभूत विद्यालय दिच्याम द्धितिय, निस्कोट मावि निस्कोटले तृतिय स्थान हात पारेको छ । प्रतियोगितामा विजेताले क्रमश १० हजार, ५ हजार, ३ हजार प्रमाण पत्र र मेडल प्राप्त गरेका छन्।

प्रतियोगितामा ५ विद्यालयले सहभागिता जनाएका थिए । नेपाली विद्यार्थी संघको पूर्व सभापती तथा नेपाली काँग्रेस म्याग्दीका जिल्ला सह–सचिव भरत बहादुर रकालले विद्यार्थीको हकहितका लागि संगठित हुनुपर्नेमा जोड दिए । विद्यार्थीहरुको समस्यको समाधान देखी विद्यालयमा हुने रचनात्मक कार्यक्रममा सक्रिय हुने प्रतिबद्धता समेत जनाएका थिए । गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले विद्यार्थीहरुले गरेका यस्ता रचनात्मका कार्यहरुले विद्यार्थी, विद्यार्थी र विद्यालयहरुको सम्बन्ध मजबुद हुदै जाने बताए ।

नेबि संघ म्याग्दीका सभापती निर्मल खत्रीले अहिलेको सरकारले बोल्ने अधिकार समेत खोस्न लागेको बताउदै त्यसका लागि नेपाल विद्यार्थी संघ सडकमा आउन तयार रहेको बताए । कार्यक्रममा नेबि संघ म्यागदीकी सचिव सुजता खत्री, उपसभापति झलक जिसी, नेपाली काँग्रेस प्रदेश चुनाव क्षेत्र ख का सभापी कमल छन्त्याल, नेपाल शिक्षक संघ म्याग्दीका उपाध्यक्ष नगेन्द्र केसी बोल्नुभएको थियो । जनप्रिय मुल इकाईसभापति दिपेश घिमिरेको अध्यक्षता, उसभासपति खगेन्द्र पुनको स्वागत जिल्ला सचिव विशाल खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply