अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

एनसेलको टावरमा आगजनी

By -
On: January 11, 2020 11:58 AM
Follow Us:
---Advertisement---

मालिका गाउँपालिका–१ निस्कोटमा रहेको एनसेलको टावरमा आगजनी गरिएको छ। शुक्रबार राति करिब १ बजेको समयमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले बताए। आजगनीबाट टावरका उपकरणहरुमा क्षति पुगेको छ।

आगजनी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले गरेको प्रहरीको अनुमान छ। घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा गएको प्रहरी निरीक्षक शर्माले बताए।

आगजनीपछि विम, रुम, देवीस्थान, ओखरबोट, दरबाङलगायतका क्षेत्रमा एनसेलको सञ्चार सेवा अवरुद्ध भएको प्रहरीले जनाएको छ। यसअगाडी निस्कोटको टावर पटकपटक अज्ञात समुहको निशानामा पर्ने गरेको छ । एनसेलका जिल्लाभर रहेका टावरहरुमा यसअगाडी समेत आगजनी भएको थियो ।

-