म्याग्दीका एक यूवा ६ दिनदेखि बेपत्ता छन् भारतमा बेपत्ता भएका छन्। मंगला गाउँपालिका–२ खुम्लिया घर भएका मुक्तिप्रसाद आचार्य गएको पौस २१ गतेदेखि बेपत्ता भएको आफन्तले बताएका छन् । भारतको सिलाङबाट घर आउँदै गर्दा बाटोमै सम्पर्कविहिन भएको बेपत्ता मुक्तिनाथका बुबा टेकनारायण आचार्यले बताए । ‘तीव्ररुपमा खोजतलास भइरहेको छ,‘भारतबाटै सम्पर्कविहिन भएको छ’ उनले भने ।

सम्पर्कविहिन भएको दिन देखि लगातार खोजीकार्य गरिएपनि अवस्था भने अझै अज्ञात छ । बेपत्ता आचार्यका आफन्तले सिमा प्रहरी चौकीमार्फत खोजीकार्यका लागि समेत अपिल गरेका छन् । नेपालमा प्रवेश गरेको भएमा मोवाइल टावरको संकेतलाई समेत आधार बनाउन सकिने भएकाले सिमा क्षेत्रमा खोजीकार्यसँगै भारतमा रहेका म्याग्देलीलाई खोजीकार्यमा सहयोग गरिदिन अनुरोध गरेका छन् ।
परिवारको सम्पर्क नं

Leave a Reply