---Advertisement---

‘स्वस्थ मन र खुशीयाली जीवन’का लागि आनिवानी परिवर्तन आवश्यक

On: January 11, 2020 7:05 PM
Follow Us:

हरेक मानिसले जीवनमा सफलता र समृद्धि चाहने शनिबार म्याग्दीको सदरमुकाम बेनीम आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । शारीरिक रूपमा सुस्वास्थ, मानसिक रूपमा सन्तुलन, बौद्धिक रूपमा प्रतिभावान् तथा आत्मिक रूपमा सबल र सामाजिक रूपमा सहयोगी नै वर्तमान अवस्थाको आवश्यकता रहेको बताइएको थियो ।

बेनीबजार स्थित ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय शाखा बेनीको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा आयोजित ‘स्वस्थ मन एवं खुशीयाली जीवन’ विषयक प्रशिक्षण कार्यक्रमको उद्घाटन गदैं जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देबेन्द्र बहादुर केसीले सुखी जीवनका लागि आफ्नो आनिवानीमा परिवर्तन नै प्रमुख भएको बताउनुभयो ।

उहाँले जीवनमा सफलता र समृद्धि चाहने व्यक्तिले आफ्नो आनिवानीमा पहिलो परिवर्तन ल्याउनुपर्ने बताउनुभयो । सोही अवसरमा बेनी नगरपालिकामा मेयर हरिकुमार श्रेष्ठले शरीर, मन र आत्मा ठीक छ भने मात्र स्वस्थ जीवनको कल्पना गर्न सकिने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले पूर्ण स्वस्थता प्राप्त गर्न नियमित व्यायाम अर्थात् योगाभ्यास, उचित आहारविहार, व्यवहार र प्रार्थनामा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा ख्याति प्राप्त वरिष्ठ प्रशिक्षक ब्रह्माकुमार बिजयराज सिग्देल र ब्रह्माकुमार रमण भट्टराईले प्रशिक्षण दिनुभएको थियो । करिव दुई सयजनाको उपस्थिती रहेको प्रशिक्षणको अध्यक्षता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय धौलागिरी क्षेत्रकी प्रमुख सावित्री दिदी, स्वागत बेनी शाखाकी रिना दिदी र सञ्चालन जानकी दिदीले गर्नुभएको थियो ।

जीवनमा सच्चा शान्ति, आनन्द र खुशीको अनुभूति गर्नका लागि राजयोगको भुमीका,विश्वमा शान्तितथा समाजमा नैतिक मूल्य एवं मान्यताको अभिवृद्धि, चरित्र निर्माण तथा सु–संस्कारको जगेर्ना गर्न मानवमा आध्यात्मिक जागृति गराउने लगायत विविध विषय समेटिएको थियो । यसैबीच आइतबार म्याग्दीको मालिका गाउँपालिकाको दरबाङ क्षेत्रमा समेत प्रशिक्षण कार्यक्रम गरिने जनाइएको छ ।

-