म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ चित्रेका नेशन पुन मगर नेपाल आईडलको सिजन–३ मा निकै चर्चामा छन् । उनलाई प्रतियोगितामा सेलीब्रेटीको रुपमा चर्चा समेत गरिएको छ । आफ्नो गायन कलाबाट निर्णायकलाई रिझाउन सफल नेशन नेपाल आईडलमा निर्णायकको सकरात्मक र उर्जा थपिने गरी प्रस्तुती दिनेमा अग्रसुचीमा छन् ।

घारको चित्र स्थायी घरभई हाल पोखरा नदीपुरमा समेत बस्दै आइरहेका २० वर्षिय पुन नेपाल आइडल भित्रका विभिन्न चरण पार गर्न सफल भएका छन् । उनले आफ्नो यात्रा अगाडी बढेपनि अहिले नै पोजिशन भन्न नमिल्ने बताए । आस्था ब्याण्डको ‘तिम्रो ममता अनि न्यानो काखको माया पाउने’ गितबाट नै निर्णायकको मन जित्न सफल भएका छन् ।उनको प्रस्तुतीबाट न्ह्यू बज्राचार्य, ईन्दिरा जोशी र कालीप्रसाद बास्कोटाले पनि प्रशंसा गरेका छन् ।

बाल्यकालदेखि नै गीतसंगीत रुचाउने नेशनले गाउँ तथा पोखराका विभिन्न कार्यक्रममा समेत आफ्नो प्रस्तुती देखाउन सफल भएका छन् । पप गीतमा आफ्नो भविस्य देखेका बताए । ‘पप गितबाट राम्रो गर्ने प्रयासमा छु,‘धेरै मेहनत गर्नुपर्ने छ’ उनले भने । आफ्नो हरेक प्रस्तुतीमा हसिलो अनुहारमा देखिने नेशनले नेपाल आईडलको सिजन २ मा पनि सहभागी थिए । सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको नेशनको प्रस्तुतीबाट स्वदेश तथा विदेशमा रहेका चित्रेबासी समेत उत्साहित छन् । उनले पोखराको मनकामना आवासीय माविबाट माध्यामिक तहको पढाई सकेर हाल स्नातक तहमा अध्ययनरत छन् ।

Leave a Reply