सगरमाथा आरोहणको तयारी गरीरहेका बागलुङका दृष्टीविहिन अमिट केसीलाई एक यूवाले राष्ट्र निर्माता तथा एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आर्थिक सहयोग गरेका छन् । निर्माण ब्यवसायी एवम् शिव मावि फर्सेका ब्यवस्थापन समितिका अध्यक्ष विप्लव हमालले केसीलाई १० हजार सहयोग हस्तान्तरण गरेका छन् ।

‘अपांगता भएका व्यक्तिले पनि समाज र राष्ट्रका लागि योगदान पु¥याउन सक्छन्’ भन्ने उदाहरण देखाउन बागलुङका दृष्टिविहिनहरुका अभियान्ता समेत रहेका केसीले पहिलोपटक अक्सिनको अभावका कारण आरोहण स्थगित गरेर फर्किएपनि दोस्रोपटक आरोहणको तयारीलाई सहज हुने गरी पहिलो चरणको सहयोग गरेको सहयोगदाता हमालले बताए । राष्ट्र निर्माताको जन्मजयन्तीको अवसरमा सहयोग गने अवसर मिलेको बताए ।

‘उहाँको अभियानलाई सानोसानो सहयोगले पनि सहज हुन्छ,‘दृष्टिविहिनको यो प्रयासले समाजमा ठूलो सन्देश प्रवाह गर्छ’ हमालले भने । सोही अवसरमा केसीले सगरमाथा आरोहणका क्रममा झण्डै एक करोड रुपैयाँ खर्च हुने भएका कारण सहयोगका लागि विभिन्न संघसंस्थामा धाइरहेको बताए । अमिटले यसअघि सोलुखुम्बु जिल्लामा रहेको आइल्यान्ड पिक र मेरापिक हिमालको सफल आरोहण गरिसकेका छन् भने पहिलोपटक आरोहणको क्रममा समेत सगरमाथामा समेत अनुभव सङ्गालेकाले समेत यसपटक आरोहण सफल हुने दावी समेत गरेका छन् ।

Leave a Reply