नेपाल कम्युष्टि पार्टी ( नेकपा ) निकट विद्यार्थिहरुको संगठन अनेरास्ववियू म्याग्दीले शैक्षिक सामाग्री वितरण गरेको छ । मंगला गाउपालिका १ पैयुपाटामा रहेको नरसिंङ आधारभुत विद्यालयमा अध्ययन गर्ने ५३ जना विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण गरिएको अनेरास्ववियू म्याग्दीका नेता जनक सुनामले बताउनु भयो ।

कार्यक्रममा बोल्दै अनेरास्ववियू म्याग्दीका नेता सुवास विश्वकर्माले सरकारी विद्यालयको शैक्षिक अवस्था सुधार गर्नु पर्ने र निजि विद्यालयहरु लाई सरकारीकरण गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै मंगला गापा १ का वडा अध्यक्ष टेकबहादुर रामजालीले विद्यालयको शैक्षिक अवस्था सुधार गर्नका लागि शिक्षक, विद्यार्थि, जनप्रतिनिधिहरु सबैको हात हुने हुँदा विद्यालयको शैक्षिक स्थिती स्ुधार गर्नका लागि सबैले आ–आफ्नो ठाउँ बाट सहयोग गर्नु पर्ने बताउनु भयो ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दिलबहादुर किसानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानिय हिरा देवी खत्री, रेलसती किसान, अनेरास्ववियूका दपर्ण रोका लागाएतले मन्तब्य राखेको कार्यक्रमा शिक्षक खुमबहादुर किसानको सञ्चालन गर्नु भएको थियो ।

Leave a Reply