लामो समयदेखि लोक संगितको क्षेत्रमा सक्रिय गायक धुब्र जिसी र नन्द कुमारी गर्बुजाको स्वरमा पञ्चेबाजा गित ‘औठी औला’मा सार्वजनिक भएको छ । विवाहको लगन सुरु भएसँगै पञ्चेबाजाको गीत सार्वजनिक भएपछि चर्चा सुरु भएको छ । पञ्चेबाजा गीतमा अब्बल मानिएका गायक जिसीले यूटुव च्यानलमार्फत सार्वजनिक गरिएपछि सकारात्मक प्रतिक्रिया आएको बताए ।

रमेश जिसी र प्रतिमा केसी जिसीको विवाहमै छायांकन गरिएको गीतमा विवाह समारोहसंग सम्बन्धित शब्दहरु समावेश गरिएको छ ।  हाल अष्टेलियामा रहेका रमेश जिसीको घर आसपासको दृष्यहरु रहेको गीतको म्युजिक भिडियो क्रियटिभ मिडियाका भुपेन बानियाले छायांकन गरेका थिए । क्रियटिभ मिडियाको यूटुव च्यानलबाटै बजारमा आएको छ ।

Video link: https://youtu.be/TeZfVubtnys

प्रविण खत्रीको शब्द र लय रहेको गितको म्यूजिक भिडियोमा गायक जिसी, कलाकार सिमान्त बानियाँका साथै रमेश र उनकी श्रीमति प्रतिमा केसी जिसीको अभियन रहेको छ । नेपालीहरुको मौलिक सस्कृति झल्काउने पञ्चेबाजा गितले लोक संगीतलाई थप उचाईमा पुर्याउने गायक जिसीले बताए । उनका अनुसार सल्लाह सुझावलाई आगामी दिनमा सुधार गर्ने बताए । यस अगाडी समेत जिसीले पञ्चेबाजा सहित विभिन्न गीत बजारमा छन् ।

Leave a Reply