पर्वतको जलजला गाउँपालिका–३ बगरफाँटकी ७८ बर्षिया मनकुमारी सुबेदीले घर नजिकै बग्ने कालिगण्डकी नदीको किनार नजिकै संकलन हुने पानी लिन दिनहुँ गाग्री र प्लास्टिकको बोतल लिएर जान्छिन्। खोलाको दुषित पानी खान बाध्य सुबेदीजस्तै उदविर घर्तीले बिहान सबेरै खोलाबाट इनार बनाएर संकलन गरिएको ठाउँबाटै पानी लिएर घरमा आउने गरेका छन्।

हिउँदमा पानी केही सङ्लो हुने भएपनि बर्खामा उर्लिएको कालिगण्डकीको बाढीले धमिलो पानी पिउन बाध्य सुबेदी र घर्तीको घरमै खानेपानी आउने भएको छ।  खानेपानीको अभावमा बषौंसम्म कालिगण्डकी नदीको पानी प्रयोग गर्न बाध्य गाउँपालिकाको वडा नं २,३ र ४ को तल्लो क्षेत्रमा बसोबास गर्नेलाई लक्षित गरी सुरू भएको ठूलो ‘लिफ्ट’ प्रविधिको खानेपानी आयोजनाले धमाधम घरदैलोमै खानेपानी उपलब्ध गराउने गरी मिटर जडान सुरू गरेपछि बजारबासी उत्साहित भएका छन्।

आयोजनाको पूर्वाधार निर्माण सकेर परीक्षण भएको पर्वत बेनी खानेपानी तथा सरफाई उपभोक्ता समितिका अध्यक्ष लोकनाथ रेग्मीले बताए।‘पूर्वाधार निर्माणको काम सकिएको छ,‘अव घरदैलोमा खानेपानी पुग्छ’ रेग्मीले भने।

खोला तथा आसपासका क्षेत्रमा रहेका कृतिम पोखरीको दुषित पानी खान बाध्य ९ सय ५४ घरधुरीलाई अन्तराष्ट्रिय मान्यता प्राप्त उपकरणको प्रयोग गरी शुद्ध खानेपानी वितरण गरिने उपभोक्ता समितिको भनाई छ। कुल १२ करोड ४४ लाखको लागतमा निर्माण सम्पन्न भएको आयोजनामा सरकारको ७० र उपभोक्ताको ३० प्रतिशत लगानी रहेको छ।

उपभोक्ताको लगानीलाई सहज बनाउन समितिले नगर विकास कोषबाट २ करोड ६२ लाख ऋण लिएको कोषाध्यक्ष दिलबहादुर बरुवालले बताए। खानेपानीलाई सस्तो बनाउनुपर्ने भएकाले उपभोक्ताको लगानीको बिकल्पमा ऋण लिएको बताए ।

उनका अनुसार कालीगण्डकी किनारको जुगेधारामा प्रतिसेकेण्ड १२ लिटर पानी तान्ने क्षमताको समसिवल वयल पम्प जडान गरिएको छ भने जुगेधाराको पानी १५० मिटर उचाइमा रहेको ट्याङ्कीमा विद्युतीय उपकरण प्रयोग गरिएको छ ।

आयोजनामा मुहानदेखि ट्याङ्कीसम्मको दूरी ७५० मिटर छ।  मुहानमा पानी तान्ने सम्पवयल पम्प, पानी सङ्कलन गर्ने चार लाख लिटर क्षमताको फेरो ट्याङ्की, दुई वटा पानी छान्ने र थिग्राउने पोखरी, कार्यालय भवन, मुख्य पाइपलाइन निर्माण गरिएको छ ।

पम्प, ट्याङ्की, भवन, पोखरी र मुख्य पाइप लाइन निर्माणका लागि ग्लोवल टेन्टरमार्फत चन्द्र एण्ड वसन्त एएम जेभीले १० करोड ३० लाखमा ठेक्का लिएको कोषाध्यक्ष बरुवालको भनाई छ । १५ किलोमिटर मुख्य पाइप लाइन निर्माण भएको छ ।

कालीगण्डकी किनारबाट रिजर्भ ट्याङ्कीसम्म पानी तानेर पानी थिग्राउने पोखरी लगायतका आवश्यक संरचनाहरुको प्राविधिक सहितको टोलीले समेत स्थलगत अनुगमन समेत गरिएको जलजला वडा नं ३ का अध्यक्ष देविन्द्र बहादुर भण्डारीले बताए ।

खानेपानी तथा ढल निकास विभागको शहरीकरण उन्मुख बस्तीका लागि सञ्चालित सहलगानी कार्यक्रमअन्तर्गत आयोजना निर्माण आयोजना साविकको धौलागिरी अञ्चलभित्रका चारवटै जिल्लामा लिफ्ट प्रविधि सबैभन्दा ठूलो परियोजना हो । लिफ्टमार्फत कालिगण्डकीबाट पर्वतबेनीको बस्ती माथि पु¥याइएकाले विद्युत महसुलमा दुई महिनामै ७० हजारभन्दा धेरै भुक्तानी गर्नुपरेको उपभोक्ता समितिले जनाएको छ।

Leave a Reply