पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १ राजाको बगरस्थित कालीगण्डकी नदीको किनारमा मंगलबार दिउँसो मृत अवस्थामा भेटिएका एक जना पुरुषको पहिचान खुलेको छ । मृत अवस्थामा भेटिएका पुरुष बागलुङ जिल्ला जैमुनि नगरपालिका २ का ४० वर्षीय जित बहादुर सार्की रहेको प्रहरीले जनाएको छ ।

सार्की २ महिना अघिदेखि सम्पर्क बिहिन भएका थिए । कालीगण्डकी नदीमा पानीमा डुबेको अवस्थामा मंगलबार दिउँसो फेला परेका सार्की मानसिक रोगि रहेको प्रहरीले जनाएको छ ।उनको बुधबार पोष्टमार्टम गरी शव परिवारको जिम्मा लगाइएका जिल्ला प्रहरी कार्यलय पर्वतका प्रहरी नायव निरिक्षक मोहन कुमार खड्काले जानकारी दिनुभयो । File photo

Leave a Reply