म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ चित्रेका नेशन पुन मगर नेपाली टेलिभिजन इतिहासमा सर्वाधिक लोकप्रिय र सफल इन्टरनेशनल फ्रान्चाइज सिङ्गिङ रियालिटी शो नेपाल आइडल सिजन–३ मा टप १२ भित्र स्थान बनाउन सफल भएका छन्। प्रतियोगितामा ‘तिमी नै हौ’ गीतमा दमदार प्रस्तुती देखाएका नेशनलाई निर्णायक न्ह्यू बज्राचार्य, ईन्दिरा जोशी र कालीप्रसाद बास्कोटाले पनि प्रशंसा गरेका छन् ।

नेपाल आइडलमा सुरुवातदेखिनै जर्जले समेत सेलीब्रेटीको रुपमा चर्चा गरेसँगै नेशनको प्रस्तुतीले समेत ब्यापक चर्चा पाउन थालेको छ । आफ्नो गायन कलाबाट निर्णायकलाई रिझाउन सफल नेशन नेपाल आईडलमा निर्णायकको सकरात्मक र उर्जा थपिने गरी प्रस्तुती दिनेमा अग्रसुचीमा छन् । उनको टप १० को यात्रा सहज भएको छ ।

अन्नपूर्ण गापा–६ घारको चित्र स्थायी घरभई हाल पोखरा नदीपुरमा समेत बस्दै आइरहेका २० वर्षिय पुन नेपाल आइडल भित्रका विभिन्न चरणमा उत्कृष्ट प्रस्तुतीले चर्चामा छन् । गएको प्रस्तुती आस्था ब्याण्डको ‘तिम्रो ममता अनि न्यानो काखको माया पाउने’गितबाट नै दर्शकको सर्मथन बटुल्न सफल भएका नेशनले अझै धेरै मेहनत आवश्यक रहेको बताए । बाल्यकालदेखि नै गीतसंगीत रुचाउने नेशनले गाउँ तथा पोखराका विभिन्न कार्यक्रममा समेत आफ्नो प्रस्तुती देखाउन सफल भएका छन् ।

आफ्नो हरेक प्रस्तुतीमा हसिलो अनुहारमा देखिने नेशनले नेपाल आईडलको सिजन २ मा पनि सहभागी थिए । निर्णायकको प्रशंसासँगै मेहनत आवश्यक रहेको उनको भनाई छ । नेपालकै उत्कृष्ट रियालिटी सो भएकाले पनि बन्द प्रशिक्षणमा उनले कठोर मेहनत गरिरहेका छन् । उनलाई भेट्न मोन नेदरल्याण्डका अध्यक्ष जंग बहादुर पुन समेत पुगेका थिए ।

पुनले भोटिङ समयमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आफ्नो प्रस्तुतीलाई थप उर्जा थप्ने गरी तयारी गर्न समेत अनुरोध गरेका थिए । सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको नेशनको प्रस्तुतीबाट स्वदेश तथा विदेशमा रहेका चित्रेबासी समेत उत्साहित छन् । उनले पोखराको मनकामना आवासीय माविबाट माध्यामिक तहको पढाई सकेर हाल स्नातक तहमा अध्ययनरत छन् ।

Leave a Reply