अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

पाकेको भात डल्ला पारेर उफार्दा प्लाष्टिकजस्तै उफ्रिएपछि…

By -
On: January 20, 2020 12:35 PM
Follow Us:

सुवास शर्मा लामिछाने/ पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ५ स्थित मेलमिलाप चोकमा रहेको स्थानिय प्रेम जैशी लामिछानेकाे घरमा पकाएको भात शंकास्पद देखिएकाे छ । पात पकाएर डल्लाे पारेर उफार्दा बल जसरी उफ्रिएपछि स्थानीय संशकित भएका छन् ।

गणेश खाद्य उद्योग पुरानो पर्सा बजार चितवनले उत्पादन गरेको जीरा मसिनो चामलको भात बल जसरी उफ्रिएपछि स्थानीय सशंकित बनेका हुन् ।लामिछानेले केही समयपहिले स्थानीय व्यापारी लेखनाथ शर्माको पसलबाट चामल किनेर ल्याएको र पकाएर हेर्दा खाना डल्ला परेको बताए । भातकाे डल्ला प्लाष्टिकजस्तो गरी उफ्रिएकाे उनले बताए ।उनका अनुसार अरुबेला खाना बनाउँदा खासै ध्यान दिइएन ।

चामल पनि ढिलो पाक्ने र खानाको स्वाद नै अर्कै आएकाले शंका लागेपिछ डल्ला पारेर उफर्दा उफ्रिएकाे हाे ।आज बिहान यस्तो समस्या देखेपछि उनले तत्कालै जिल्ला प्रशासन कार्यलय र उद्योग वाणिज्य संघलाई खबर गरेका थिए । खबर पाएपछि उनकाे घरैमा पुगेको टोलीले अनुगमन गरी उक्त चामललाई खाद्य तथा गुणस्तर विभागमा अनुसन्धानको लागि पठाउने तयारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीले जानकारी दिए ।

-