हरेक मानिसले जीवनमा सफलता र समृद्धिका लागि नियमित योग गर्नुपर्ने सोमबार बेनी महारानीथानमा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन्। माउण्ट एभरेष्ट आवासिय माविमा आयोजित योग प्रशिक्षणमा हरेक विद्यार्थी सफल हुन शारीरिक रूपमा सुस्वास्थ, मानसिक रूपमा सन्तुलन, बौद्धिक रूपमा प्रतिभावान् तथा आत्मिक रूपमा सबल र सामाजिक रूपमा सहयोगी हुनुपर्ने बताइएको थियो ।

बेनीबजार स्थित ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय शाखा बेनीको संयोजन र विद्यालयको आयोजनामा सञ्चालन गरिएको योग प्रशिक्षणमा मुख्य प्रशिक्षक रमण भट्टराई, बेनी शाखाकी प्रमुख ब्रह्माकुमारी रिनाले बिद्यार्थी जिवनमा आइपर्ने समस्याहरुमा केन्द्रित रहेर खुसी जीवन जिने कलाका बारेमा विद्यार्थीलाई जानकारी गराउनुभएको थियो ।

विद्यालयमा अध्ययनरत कक्षा १० र ११ का विद्यार्थीलाई जीवनमा सच्चा शान्ति, आनन्द र खुशीको अनुभूति गर्नका लागि राजयोगको भुमीका,विश्वमा शान्तितथा समाजमा नैतिक मूल्य एवं मान्यताको अभिवृद्धि, चरित्र निर्माण तथा सु–संस्कारको जगेर्ना गर्न मानवमा आध्यात्मिक जागृति गराउने लगायत विविध विषय जानकारी गराइएको विद्यालयका प्रधानाध्यापक राजु केसीले बताउनुभयो ।

प्रशिक्षण कार्यक्तमको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाका सभापति लेखबहादुर हमाल र सञ्चालन ब्रहमकुमार प्रविणले गर्नुभएको थियो । प्रशिक्षणका सहभागी विद्यार्थीले उक्त कार्यक्रमले उर्जा थपिएको महसुस भएको प्रतिक्रिया दिएका थिए ।

Leave a Reply