हर्ट ब्लकेजबाट बँच्नका लागि शरीरिक क्रियाकलाप आवश्यक हुन्छ र साथै हाम्रो आहारमा केही विशेष चीज समावेश गर्न पनि आवश्यक हुन्छ ।

यस्ता थुप्रै चीज छन्, जुन सजिलै किचनमा उपलब्ध हुन्छन् । यी चीजको प्रयोग गर्दा हर्ट ब्लकेजको समस्यालाई नियन्त्रण गर्न सकिन्छ ।

चिकित्सकका अनुसार, यस्ता ८ चीज छन्, जसको प्रयोगले हर्ट ब्लकेजको समस्यालाई नियन्त्रण गर्न सकिन्छ । हर्टको इलेक्ट्रिकल सिस्टममा हुने ब्लकेजलाई हर्ट ब्लकेज भनिन्छ ।

यो सिस्टम हर्ट बिट रेट र रिदमले निश्चित गर्छ । हरेक हर्ट बिटको साथ एक इलेक्ट्रिकल सिग्नल जान्छ, जसले माथि देखि तलसम्म सम्पूर्ण शरीरमा रगतको आपूर्ति गर्छ ।

यदि यो इलेक्ट्रिकल सिग्नल स्लो या कुनै कारणले रोकिन्छ भने हर्ट ब्लोकेजको अवस्था उत्पन्न हुन्छ ।

१- दही

नियमित आफ्नो आहारमा दही समावेश गर्नुहोस् । यसले शरीरमा कोलेस्ट्रोल कम गर्छ । यसबाट हर्ट ब्लोकेजको आशंका कम हुन्छ ।

२- मासको दाल

राती मासको दाल ४-५ चम्मच पानीमा भिजाएर राख्नुहोस् । बिहान यसलाई पिसेर दूधमा मिलाएर पिउनुहोस् । यसमा चीनी पनि मिलाउन सकिन्छ ।

३- बदाम र कालो मरिच

३ बदाम र ४ कालो मरिचको पाउडर बनाउनुहोस् । यसमा थोरै तुलसीको पाउडर मिलाएर नियमित पानीको साथमा पिउनुहोस् ।

४- गाँजर र मह

हप्तामा दुई-तीन पटक गाँजरको जूसमा मह मिलाएर पिउनुहोस् । यसले कोलेस्ट्रोल कम हुन्छ र हर्ट ब्लकेजको आशंका कम हुन्छ ।

५- लौकी

लौकीलाई उमाल्नुहोस् । अब यसमा जीरा, बेसार र हरियो धनियाँ मिक्स गरेर खानुहोस् । यसलाई हप्तामा ३-४ पटक सेवन गर्नुहोस् ।

६- दूध र अमला

दिनहुँ एक गिलास दूधमा आधा चम्मच अमला पाउडर घोलेर पिउनुहोस् । यसको सेवनले हर्ट ब्लकेज हुनसक्ने आशंका कम हुन्छ ।

७- लसुन

दिनहुँ बिहान खाली पेट लसुनको एक-दुई पोटी निल्नुहोस् । यसमा पाईने एन्टीअक्सीडेन्ट्सले कोलेस्ट्रोल कम गर्छ र हर्ट ब्लकेजको आशंका कम गर्छ ।

८- कागती पानी

कागतीमा प्रयाप्त मात्रामा एन्टीअक्सीडेन्ट्स पाईन्छ । यसले शरीरबाट खराब कोलेस्ट्रोललाई निकाल्न मद्दत गर्छ । यसबाट हर्ट ब्लकेजको आशंका कम हुन्छ ।

मुटु रोग भए नभएको कसरी थाहा पाउने ?

मानव शरीरका अङ्गहरुमध्ये मुटु जटिल प्रकृतिक अङ्ग हो । यो हरपल चलिरहन्छ । छाती भित्र धडकिरहने यो सानो अङ्गले शिर देखि पैतालासम्म प्रभाव पारी राखेको हुन्छ । हामीलाई मुटुरोग लागे नलागेको कसरी पत्ता लगाउन सकिन्छ ।

मुटुका धेरै रोगहरु हुन्छन् र प्रत्येक रोगका पनि आफ्नै प्रकारका लक्षणहरु पनि हुन्छन् । मुटुरोगका अनगिन्ती लक्षणहरु मध्ये सबैले थाहा पाइराख्नुपर्ने १२ वटा प्रमुख लक्षणहरु रहेकोवरिष्ट मुटुरोग विशेषक डा. प्रकाशराज रेग्मीले बताए ।

मुटु रोगका लक्षणहरु

१. छाति दुख्ने, ढक्क फुुल्ने वा भारी हुने (छातिमा बेचैनी हुने वा भारीपन महशुस हुनु) हृदयाघातको मुख्य सूचकका रूपमा लिइन्छ । त्यसैले यदि तपाईलाई यस्तो भइरहन्छ भने त्यसलाई हल्का रूपमा नलिनुस् । तत्कालै अस्पतालमा गएर उपचार गर्नुहोस् ।

२. यदि तपाईलाई स्वाश लिन बल लगाउनु पर्ने वा कठिनाई वा केही बेर हिँड्दैमा अप्ठेरो भएर गल्नुहुन्छ भने पनि त्यो मुटु रोगको लक्षण हुनसक्छ ।

३. गर्मी महिनामा तथा धेरै परिश्रम गर्दा पसिना आउनु स्वाभाविकै हो । तर यदि चिसो याममा तथा बसेको बेलामा पनि पसिना तरतरी आउँछ भने त्यो मुटु रोगको लक्षण हुनसक्छ ।

४. नियमित रूपमा वाक्वाक् लाग्नु पनि हृदय रोगको लक्षण हुनसक्छ । मुटुको धमनी अवरुद्ध भएको कारणले यस्तो भएको हुनसक्छ । वाक्वाक् लाग्ने, निकै थकाई तथा कमजोरी महशुस हुने र तनाव महशुस हुने जस्ता लक्षण खतराका सूचक हुन सक्छन् ।

५. यदि तपाईको हात बारम्बार झमझमाउँछ वा चिमोटेको समेत थाहा नपाउने गरी सिथिल हुन्छ भने सचेत हुनुहोस् । यसो हुनु भनेको मुटु रोग तथा प्यारालाइसिस लगायतको लक्षण हुनसक्छ ।

६. यदि शरीरको कुनै भाग जस्तै काँध, हात वा गर्धनको पछिल्लो भागले काम गर्न छाड्यो वा छुँदा पनि थाहा हुँदैन भने हेलचेक्र्याई नगर्नुहोस् । त्यो मुटु रोगको लक्षण हुनसक्छ ।

७. यदि तपाईलाई बोल्दा अप्ठेरो महशुस हुन्छ, स्पष्ट उच्चारण गर्न सक्नुहुन्न वा जिब्रो लरबरिन्छ भने त्यो मुटु रोगको लक्षण हुनसक्छ ।

मुटुरोगकाे घरेलु उपचार

विश्व व्यापी रूपमा भइरहेको औद्योगीकरण र मानव जीवनमा भइरहेको जीवनशैलीको परिवर्तनसंगै मुटुरोग मानव मृत्युको पहिलो कारण बन्न पुगिरहेको छ। पुरुष-महिला दुवैजनालाई असर पार्ने यो रोग अहिले पनि बढ्दो क्रममा छ ।

मुटुरोग प्राणघातक भए तापनि ८०% हृदयघात (heart attack) रोकथाम गर्न सकिन्छ । विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्से १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ । मृत्यु हुनेहरूमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशका विपन्न वर्गका जनता पर्छ्रन् ।

नेपालमा मुटुरोग बढ्ने क्रममा छ। हाल करिब १५ प्रतिशत जनतालाई कुनै न कुनै प्रकारको मुटुरोग भएको अनुमान गरिएको छ । यो रोग विशेष गरी ४० वषर्भन्दा बढी उमेरका मानिसहरूमा देखिन्छ तर आजकल युवा उमेरका मानिसहरूमा पनि देखिन थालेको छ ।

मुटु रोग विश्वमा धेरै मानिसको ज्यान लिने प्रमुख रोग हो । त्यसकारण यसप्रति सावधान हुनैपर्छ, विशेषगरी हामीले दैनिक रुपमा सेवन गर्ने यस्ता खानेकुरा छन्, जसले मुटु तथा कलेजोलाई हानी पुर्‍याउने गर्छ ।

यस्ता खानेकुराले मुटुको रक्तधमनीमा बोसो जम्मा भई मुटुुमा अवरोध गर्छ । जसका कारण रक्तधमनीमा रगतको सञ्चार राम्रोसित हुन नसकी मुटुको समस्या निम्त्याउछ ।

हृदयाघातको जोखिम बढ्ने यी खानेकुराले

१.कफि क्रिम, पपकर्न

कफी, त्यसमा पनि कि्रम मिसाइएको कफी मुटुको लागि निकै घातक मानिन्छ । यसै पनि दिनमा दुई-तीन कप कफी स्वास्थ्यका लागि हानीकारक मानिन्छ । उक्त कफीमा क्रिम मिसाइएको छ भने त्यो अझै घातक हुन्छ किनकी उक्त कि्रममा ट्रान्सफैट हुन्छ । त्यही क्रिमलाई कतिपयले पपकर्न स्वादिलो बनाउनमा पनि प्रयोग गरिरहेका हुन्छन् ।

२.वोसोयुक्त आहार

तेल तथा घयुबाट बनेका परिकारमा अधिक मात्रामा चिल्लो तथा वोसो पाइन्छ, जसको अधिक सेवनल मुटु सम्बन्धि समस्या निम्त्याउने गर्छ । विशेषगरी, समोसा, पकौडा, पुरी लगायत तेलबाट पकाइने खानेकुरामा तेल तथा क्यालोरीको मात्रा अधिक हुन्छ ।

अधिक मात्रामा क्यालोरीको सेवन शरीरमा फ्याटको रुपमा जम्मा हुन्छ । त्यसैगरी, जब तेललाई एक हटसम्म तताइन्छ, तब उक्त तेल ट्रान्सफैटमा बद्लिन्छ, जुन हृदय वा मुटुको लागि निकै हानीकारक छ ।

३.ननभेज

ननभेज अर्थात् मांसहारी भोजन । मांसहारी भोजनका कयौं फाइदाहरु छन् । यसले शरीरमा मासुुबाट पाइने प्रोटिनको प्रवाह गर्दछ । तर आवश्यक्ता भन्दा बढी मात्रामा प्रोटिनको सेवन गर्नाले मुटुको समस्या निम्तने गर्छ ।

विशेषगरी, मांसाहारी भोजनमा स्याचुरेटेड फ्याट तथा कोलेस्ट्रोल अधिक मात्रामा पाइन्छ । जसल गर्दा रक्तधमनी कडा भई त्यसमा अवरोध खडा हुन्छ र हार्ट अट्याक तथा हार्ट व्लक लगायतका समस्या निम्तने गर्दछ ।

४.चिसो पेय पदार्थ

सोडा, कोकाकोला, लगायतका चिसो पेय पदार्थ पनि स्वास्थ्यका लागि पनि निकै हानीकारक छ । सोडो तथा चिसो सय पदार्थमा चिनीको मात्रा अधिक हुन्छ । जसको सेवनले रगतमा चिनीको मात्रा त बढाउँछ नै, यसमा पाइने विभिन्न तत्वले शरीरमा डिप्रेशनका हर्मोनलाई समेत एक्टिभ राख्ने हुदाँ यसको सेवनले मुटु तथा मस्तिष्क दुवैलाई प्रभावित पार्ने गर्छ ।

५.पिज्जा तथा फ्राइड राइस

खाजामा होस् वा नाश्तामा हिजोआज पिज्जा , मम, फ्राइड राईस लगायतका फास्टफुड धेरैको रोजाईमा पर्ने गर्छ । जबकी यस्ता फास्टफुटमा मैदा तथा पोलिस गरिएको चामलको अधिकतम प्रयोग हुने गर्दछ । मैदा तथा पोलिस गरिएको चामललाई रिफाइन गर्दा नै त्यसमा भएको तत्व भिटामिन बी १ अर्थात थियामिन नष्ट हुने गर्छ ।

थियामिन नष्ट भएमा यस्ता खानालाई पचाउन कलेजोलाई गार्‍हो हुन्छ र कलेजोले उक्त प्रकि्रयालाई पूरा गर्न शरीरमै भएको भिटामिन बी १ प्रयोग गर्न थाल्छ । परिणाम स्वरुप यस्ता खानेकुराको मुटुको समस्या बढाउने गर्छ ।

६.नुन

मुटु रोगबाट बँच्न दैनिक ५ ग्राम (एक चिया चम्चा ) भन्दा बढी नुन प्रयोग गर्नु हुँदैन तर नुनको मात्रामा पूरै रोक लगाउनु हुँदैन । साथै नुनिलो खानेकुराको प्रयोग कम गर्नुपर्छ । नुनीलो अचार, टीनमा बन्द गरिएका खानेकुरा खानु हुँदैन ।

७.धूम्रपान

धूम्रपान साथै सूर्तिजन्य पदार्थको सेवन नगर्ने । सेकेण्ड-ह्यान्ड धूम्रपान (अर्थात तपाईको छेउमा रहेर कसैले चुरोट पिउनु)को सम्पर्कमा पर्नु पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ ।

मुटुका धेरै रोगहरू हुन्छन् र प्रत्येक रोगका आफ्नै प्रकारका लक्षणहरू पनि हुन्छन् । मुटुरोगका अनगिन्ती लक्षणहरूमध्ये सबैले थाहा पाइराख्नुपर्ने प्रमुख लक्षणहरू यस्ता छन् |

मुटुको हेरचाह

१. घ्यू वा तेल तथा अन्य चिल्लोको मात्रा जतिसक्यो कम प्रयोग गर्नु उचित हुन्छ । खाना पकाउन शुद्ध तोरीको तेल नै सबैभन्दा उत्तम हुन्छ ।

२. नुन दैनिक ३ देखि ५ ग्रामभन्दा बढी प्रयोग गर्नु हुँदैन । नुन थपेर खाने बानी छोड्नुपर्छ ।

३. बिहान बेलुकीको खानामा हरियो साग हुनु अत्यन्त लाभदायी हुन्छ । दैनिक कम्तिमा एकपटक फलफूल खानुपर्छ ।

४. बेलुकीको खानामा २ वा ३ वटा सुख्खा गहुँको रोटी, साग र मौसमी तरकारी हुनुपर्छ । बेलुकीको खाना ८ बजेभित्र खाइसक्नुपर्छ । बिहान एक छाक मात्र भात खाने गर्नुपर्छ ।

खानाको मात्रा सबैको लागि एकैनास हुँदैन । धेरै शारीरिक श्रम गर्नेले धेरै खानुपर्छ, थोरै गर्नेले थोरै खाने गर्नुपर्छ । काम कम भए खाना धेरै गर्नु हुँदैन । बेलुकीको खाना खाएपछि तुरुन्त सुत्नु हुँदैन, कम्तीमा दुई घण्टापछि मात्र सुत्नुपर्छ ।

५. शाकाहारी हुनु मुटुका लागि फाइदा जनक छ । तर नियन्त्रित रूपमा माछा, मासु खाएमा हानी छैन । खसी, राँगो, बँगुरले कोलेस्टेरोल धेरै बढाउँछ । माछा र कुखुराले कम बढाउँछ ।

चिल्लो नराखी माछा र कुखुरा पकाएको मात्र खानुपर्छ । यस्तो खानाले हानी गर्दैन । माछा मासु बिहान र दिउँसोको खानामा मात्र प्रयोग गर्नुपर्छ । बेलुकी माछा मासु नखानु नै उत्तम हुन्छ ।

६. उच्च फाइबरयुक्त खानाले मुटुलाई फाइदा गर्छ । खानामा फाइबरको प्रमुख श्रोत गहुँ, गेडागुडी, हरियो सागपातहरू हुन् । गेडागुडीलाई नियमित रूपमा खानु अझ बढी फाइदा जनक हुन्छ ।

७. खाना थोरै थोरै तर धेरैपल्ट खानु उचित हुन्छ । दुई छाक खाने तर पेट कसेर खाने, खाने बित्तिकै सुत्ने, यो मुटुका लागि अत्यन्तै खतरनाक हो । आहार व्यवस्थापन भन्नाले यस्तो बानी त्यागी थोरै खाने, धेरै पल्ट खाने र उचित खाना खाने बानी बसाल्नु राम्रो हुन्छ ।

८. मुटु रोग लागिसकेकाहरूले चिकित्सकको सिफारिसअनुसार रोगअनुसारको आहार लिनुपर्छ ।

९. मोटो मानिसले तौल घटाउनु पर्छ र यसका लागि कम क्यालोरीयुक्त आहार लिनुपर्छ ।

Source:mygyanbigyan.com

Leave a Reply