म्याग्दीमा घाँस काट्न हिँडेका एक पुरुषको भीरबाट लडेर मृत्यु भएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–४, मुदीका ४० वर्षीय महेन्द्र गर्बुजाको भीरको खोचमा खसेर मृत्यु भएको हो । बिहीबार बिहान अन्दाजी ११ बजे घाँस काट्न भनी हिडेँका गर्बुजा घर नफर्के पछि खोज्न जाँदा सिग्वाङ जङ्गलमा मृत अवस्थामा फेला परेका इलाका प्रहरी कार्यालय दरबाङले जनाएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालयका निरिक्षक राजेन्द्र अधिकारीको टोलीले अनुसन्धान गरिरहेको छ । सडकबाट करिव ४ सय मिटर तल टाउको, शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा भेटिएको घटनास्थलबाट प्रहरी निरिक्षक अधिकारीले बेनीअनलाइनलाई बताए । यो समाचार तयार पर्दासम्म घटनास्थलमै रहेका अधिकारीका अनुसार मृतकको शब दरबाङ ल्याउने तयारी भइरहेको छ । मृतकको श्रीमति र एक छोरा छन् ।file photo

Leave a Reply