---Advertisement---

गुराँस लाइफले १४ लाख मृत्यु दावी भुक्तानी

By -
On: January 24, 2020 9:31 PM
Follow Us:

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाबी बीमा रकम भुक्तानी गरेको छ । क्षेत्रीय कार्यालय पोखराले पर्बत जिल्लाको जलजला गाउँपालिका वडा नं ९ बनौ घर भएका स्व रामप्रसाद फकामी पुन मगरको श्रीमती यामकुमारीलाई चौध लाखको चेक कम्पनीका क्षेत्रीय प्रमुख बाबुराम पौडेलले एक समारोहका बीच हस्तान्तरण गरे ।

सोही अवसरमा क्षेत्रीय प्रमुख पौडेलले मृत्यु दाबी भुक्तानी कार्यलाई कम्पनीले उच्च प्राथमिकतामा राखेको फलस्वरुप कम्पनीमा आवश्यक कागजात प्राप्त भएको छोटो समयमै भुक्तानी गर्ने गरेको बताए । सोही अवसरमा मृतक फकामी पुनका आफन्तले छिटो छरितो मृत्यूदावी भूक्तानीका कारण कम्पनी प्रति आम मानिसको बिश्वास बढेको बताएका थिए ।

उक्त कार्यक्रममा कम्पनीको क्षेत्रीय मार्के्टिङ अधिकृत श्याम प्रसाद तिमिल्सेना, मार्के्टिङ अफिसर प्रकास रेग्मी, बाग्लुङ्ग शाखाका बिष्णु प्रसाद तिवारि,एजेन्सि मेनेजर राजन शर्मा लगायतको उपस्थिति रहेको थियो। स्व मगरले रु दश लाख रुपैयाँको बैदेशिक रोजगार म्यादी बीमा गर्नुभएकोमा बैदेशिक रोजगारीको सिलसिलामा बिरामीको कारणबाट साउदी अरबमा मृत्यु भएको हो।

-