म्याग्दी जेसीज २०२० को अध्यक्षमा सुजन बरुवाल निर्वाचित भएका छन् । जेसिज सचिवालयमा शनिबार सम्पन्न भएको निर्वाचनमा बरुवालले ४१ मतल्याएर विजय भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी शैलेश श्रेष्ठले १३ मत प्राप्त गरेको मुख्य निर्वाचन आयुक्त कमल विश्वकर्माले जानकारी दिनुभयो । त्यस्तै कार्यकारीणी उपाध्यक्षमा सन्दिप खत्री, हरी भण्डारी, उपाध्यक्षमा सुनिता श्रेष्ठ, कुमार बानियाँ, इन्द्र बहादुर विश्वकर्मा र दिनेश कुमार विश्वकर्मा रहेका छन् ।

म्याग्दी जिल्लामा यूवाहरुको नेतृत्व र क्षमता विकासमा सक्रिय रहेको जेसीजको गत पुस २६ गते आयोजित २१ औँ शाखा अधिबेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि शनिबार मतदान भएको थियो । जेसीजमा महासचिव, कोषाध्यक्ष, शाखा सम्पादक सह–सचिब, सह–कोषाध्यक्ष लगायत विभिन्न ८ पदम मनोनित हुने प्रावधान रहेको छ ।

निर्वाचित अध्यक्ष लगायतका पदाधिकारीलाई म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ, मुख्य निर्वाचन आयुक्त कमल विश्वकर्मा, पूर्व अध्यक्ष विनय श्रेष्ठ, नवराज शर्मा, दिनेशकुमार बराल, भिमसेन बराईलीले सम्मान गरेका थिए । कार्यक्रममा अध्यक्षका प्रत्यासी श्रेष्ठले निर्वाचन प्रजातान्त्रिक पद्धति भएकाले भविस्यमा सहकार्य गरी अगाडी बढ्ने बताए । निर्वाचित अध्यक्ष बरुवाल सन् २०१४ देखि जेसिजमा आवद्ध भएका थिए ।

साधारण सदस्य, उपाध्यक्ष, कोषाध्यक्ष, कार्यकारिणी उपाध्यक्षको जिम्मेबारी सम्हालिसकेका बरुवालले यूवा केन्द्रित अभियानलाई ग्रामिण क्षेत्रमा विस्तार, विगतका अध्यक्षहरुसँग समन्वय तथा लोकप्रिय कार्यक्रमहरुलाई निरन्तता, जेसीज कप फुटबलको अक्षय कोष बृद्धि, बौद्धिक अपाङ्ता भएका विद्यार्थीको अक्षय कोष बृद्धि, नेपाल भ्रमण बर्षमा म्याग्दीमा विभिन्न रचनात्मक कार्यक्रम, नगर तथा गाउँपालिकास्तरीय विभिन्न कार्यक्रम, सचिवालय ब्यवस्थापन, यूवा, महिला लक्षित सीपमुलक तालिम, सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय, बेनीबजारको उचित स्थानमा आर्कषक स्मारक बनाउने प्रतिबद्धता जनाएका छन् ।

Leave a Reply