विश्व हिन्दू महासङ्घको गाउँपालिका स्तरीय वृहत भेला सम्पन्न भएको छ । ‘आफ्नो धर्म र संस्कृतिको रक्षा गरौँ’ भन्ने मूल उद्देस्य सहित हिन्दु धर्ममा आस्था राख्ने हिन्दु धर्मावलम्विहरुको रघुगङ्गा गाउँपालिका स्तरीय भेला पिप्ले राखुमा सम्पन्न भएको हो ।

शनिबार वृहत भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले आफ्नो धर्म र संस्कृति जोगाउन सवै आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने बताउनु भयो । ‘केही समूहहरुले हिन्दुधर्ममा आस्था राख्नेहरुलाई ललाईफकाई आफ्नो धर्मको प्रभावमा पारेको बताउँदै देश धर्म निरपेक्ष भएको गलत फाइदा उठाएका छन् । धर्म निरपेक्ष हुनु भनेको अर्को धर्म मान्नेहरुलाई आफ्नो धर्म मान्न बाध्य गराउनु नभएर आफ्नो इच्छाले जुनसुकै धर्म मान्न पाउनु हो’ ।

यदि लालाईफकाई कसैले धर्मपरिवर्तन गराएको आफूले थाहा पाएमा साथै कसैले धर्म परिवर्तन गराएको सूचना पाएमा आफूलाई खवर गर्न आग्रह गर्दै धर्म परिवर्तन गराउँदै हिड्ने समूहहरुलाई तत्काल कारवाही गर्ने अध्यक्ष भण्डारीको भनाई थियो । विशिष्ठ अतिथि विश्व हिन्दु महासङ्घ गण्डकी प्रदेसका सचिव लोकनाथ भुषालले हिन्दु धर्म प्राचिन र वैज्ञानिक धर्म हुँदाहुँदै पनि यसको गलत ब्याख्याले गर्दा धेरै पछाडि परेको बताउनु भयो ।

हिन्दु धर्मले अँगाल्दै आएका रिति तथा संस्कारहरु सबै वैज्ञानिक पद्दतिका छन् तर यिनको अपब्याख्याका जटिल बन्दै गएको र धर्मप्रतिको आकर्षण घटेको बताउँदै भएका कमीकमजोरीहरुलाई क्रमशः सुधार गर्दैजानुपर्ने बेला आएको भुषालको भनाई थियो । हामीले गणेशको पूजा गर्दा दुबो चढाउ भन्यौँ, शिवजीको पूजा गर्दा वेलपत्र चढाउ भन्यौ तर किन चढाउने ? भनेर कारण नखोज्दा पूजा गर्नुपर्ने वैज्ञानिक कारणहरु लोप हुँदै गए र आज परधर्मीहरुले हामीमाथि सजिलै आक्रमण गर्न पाएका छन् भन्दै हिन्दु धर्मावलम्विहरुलाई आफ्नो धर्मको मूल्य र मान्यता बुझ्न आग्रह गर्नुभयो ।

विश्वहिन्दू महासङ्घ म्याग्दीका अध्यक्ष श्री कृष्णप्रसाद आचार्यले ‘आर्थिक तथा स्वाथ्य लोभ लालचमा पारी धर्म परिवर्तन गरे शरीरमा लागेको जुनसुकै विमार समेत निको हुन्छ भन्दै धर्म परिवर्तन गराउँदै हिँड्नेहरुबाट सतर्क रहन आग्रह गर्नु भयो।’

विश्व हिन्दू युवासंघ म्याग्दीका अध्यक्ष विक्रम श्रेष्ठले विश्व हिन्दु महासङ्घ विशुद्ध हिन्दूधर्ममा आस्था राख्नेहरुको समूह भएका कारण कुनै राजनैतिक पार्टी नभएको जानकारी दिनुभयो । विश्व हिन्दू महासङ्घ बेनपा–२ का अध्यक्ष हरिप्रसाद सापकोटाले ‘समाजभित्र ललाईफकाई धर्म परिवर्तन गराउने गिरोहहरु निकै सक्रिय रहेका कारण तिनको खाजि गरि तत्काल कारवाही गर्नुपर्ने धारणा राख्नुभयो ।

विश्व हिन्दु महासङ्घ बेनपा–७ का अध्यक्ष रामचन्द्र पौडेल, समाजसेवि देवेन्द्र मल्ल, गुप्तबहादुर शाही लगायतले मन्तब्य राख्नुभएको थियो ।गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको प्रमुख आतिथ्यता, विश्व हिन्दू महासंघ रघुगङ्गा गाउँपालिका अध्यक्ष लक्ष्मीकान्त सुवेदीको ज्यूको अध्यक्षता, शिक्षक गणेश सुवेदीको स्वागत र सदस्य दामोदर रिजालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply