‘अचानोको पीडा खुकुरीलाई थाहा हुँदैन’ भन्ने नेपाली उखानै छ । जसलाई समस्या परेको हुन्छ पीडा पनि उसैले मात्र भोगेको हुन्छ। पीडा अरूले अनुभूति गर्न सक्ने विषय होइनन् । यस्तै अवस्थामा दुवै मृगौला खरावीपछि भोगेको दुखलाई बुझ्दै आफूलाई अचानो सम्झिएर मृत्युको मुखमा पुगेर फर्किएका मृगौला पीडितले मृगौला खरावीका कारण निरास भएकाको जीवन रक्षाको अभियानमा सक्रिय छन् ।

मंगला गाउँपालिका– कुहुँकी शुशिला राम्जाली, डकबहादुर रोका र पर्वत जलजला गाउँपालिकाको सालिजाका पूर्ण पुन दुवै मृगौला खराबीभएपछि जीवन मरणको दोसाधनमा पुगेका बिरामीको उपचारमा आर्थिक संकलन अभियान, बिरामी र परिवारलाई आत्मविश्वास र हौसला प्रदान गर्ने गरेका छन् ।

परोपकारी संस्था ओमकुमारी शान्ति कोषमा एकैपटक भेटिएका तीनैजनाको एउटै उद्देश्य बाँकी जीवनलाई आफ्नो जस्तै समस्यामा परेका बिरामीको उपचारमा सहयोग र रोगलाई सामान्य रूपमा लिई रोगबाट पीडितलाई हौसला दिने गरेका छन् ।

‘मृगौला खरावी भएका सबै हाम्रो परिवारकै सदस्यजस्तो लाग्छ,‘काठमाण्डौको सडकमा उपचारमा सहयोग माग्नेहरुलाई बाटोमै सानो भएपनि सहयोग गर्छु’ शुशिलाले भनिन् । उनले पूर्ण भाई, ओमकुमारी कोष र स्वदेश तथा विदेशमा रहेका नेपालीको सहयोगले नयााँ जीवन पाएको बताईन् । ‘मलाई पनि बलियो बनेर अगाडी बढ्न धेरैले सुझाव दिनुभयो,‘अहिले मैले पनि त्यही बाटोमा अगाडी बढेको छु’ उनले भनिन् । उनले अर्मनका सुरेश छन्त्यालको उपचारमा ३ हजार अािर्थक सहयोग समेत गरिन् ।

आधादशक अगाडी ब्लड प्रेसरका कारणदुवै मृगौला खरावी, जन्डिसले एकबर्षसम्म अस्पतालमा बसेका शुशिलाकै गाउँका डकबहादुरलाई आमाले मृगौला दिएपछि अहिले मृगौला पीडितको उपचारमै सक्रिय छन् । उनले तीनजना मृगौला पीडितलाई आर्थिक सहयोग जुटाउने अभियानको संयोजन नै गरे । मृगौला पीडित सुरेश छन्त्याल बचाउ अभियानको नेतृत्व गदैं करिव २८ लाख हाराहारीमा सङ्कलन भयो । मालिका गाउँपालिका–३ रुमका मानबहादुर पटेललाई पनि उनले धेरै सहयोग गरे ।

रोकाले अहिले कोषको कर्मचारीको रुपमा समेत हेरिरहेका छन् । उनीजस्तै पर्वत सालिजाका पूर्ण पुनले नेपालबाट भारतमा उपचारमा जानेलाई सघाउँछन् । उनी कलकत्तामा धेरै महिनासम्म बिरामीको सेवामा हुन्छन् । म पलपल मरेर बाँचेको मान्छे,‘मृत्युलाई नजिकबाट पन्छाएर नयाँ जन्म लिएजस्तै अन्य विरामीलाई पनि उर्जा थप्ने प्रयासमा छु’ पुनले भने।

‘आर्थिक रुपमै उठिबास बनाउँछ,‘विपन्न परिवाका रोगीले उपचार नै गर्न सक्दैनन्, हामीले आफ्नो पीडालाई उर्जा थप्न सजिलो हुन्छ’ उनले भने । ओमकुमारी शान्ति कोषमार्फत भइरहेका मृगौला पीडितको उपचारमा उहाँहरुको परामर्श लिने गरेको बताए ।‘उहाँबाट विरामीलाई पनि उत्साह थपिएको छ,‘भोगेको पीडा सुनाउँदा विरामीलाई पनि औषधी बनेको छ’ शाक्यले भने । उनले आफ्नो पीडालाई सुनाउँदा बिरामीलाई समेत उर्जा थपिने बताए ।

Leave a Reply