म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरको भानु माध्यामिक विद्यालयमा डेढ लाखको अक्षय कोष स्थापना गरिएको छ। स्वर्गीय गौरी बोगटीको १३ औं दिनको पुन्यतिथिका स्मृतिमा लाल बहादुर बोगटीले कोषको स्थापना गरेका हुन् ।

छोरा बिष्णुकुमार, राजु बोगटीका साथै नाती शिब बोगटीले हजुरआमाको नाममा ५० हजार थप गरी उक्त कोष स्थापना गरिएको विद्यालयका प्रधानाध्याक भरत खत्रीले बताए । उनका अनुसार उक्त कोषलाई आवश्यकता अनुसार भविस्यमा समेत बृद्धि गरिने छ । ‘उहाँहरु विद्यालयको शुभचिन्तक हुनुहुन्छ,‘विगतमा पनि उहाँहरुबाट विद्यालयलाई सहयोग भएको छ’ प्रअ खत्रीले भने।

उनका अनुसार बार्षिक रुपमा उक्त रकमको ब्याजबाट विद्यालयमा छात्रबृत्ति सहित खेलकुद लगायतका शैक्षिक गतिविधिमा खर्च गरिने छ । कोष स्थापनाको अवसरमा स्वर्गीय गौरी बोगटीका आफन्तले कोषमार्फत हुने कार्यक्रममा समेत सहभागिता जनाउने बताउँदै भविस्यमा कोषलाई शैक्षिक गतिविधिमा थप सहज हुने गरी खर्च गर्ने बताए । विद्यालयमा कक्षा एक देखि १२ सम्म करिव सात सय बढी विद्यार्थी अध्ययनरत छन्।

Leave a Reply