धर्तीमा पाइला टेकेको दिनलाई आफन्त, साथीभाईलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउने संस्कार नै बसिसकेको छ । जन्मदिनमा फजुल खर्चलाई निरुत्साहित गदैं एक यूवाले जन्मदिनको अवसरमा बेनी नगरपालिका–२, मा रहेको पर्यटकीयस्थल लभ्लीहिलमा रिजाल एग्रो फर्मका सञ्चालक मुकुन्द शर्माले नेपाली झन्डा फहराएका छन् ।

पछिल्लो समय निकै चर्चा बटुलेको पर्यटकीयस्थल लभ्लीहिलमा दुई मिटरको झण्डालाई १९.५ फिटको ट्रस्ट पाइपमा झन्डा फहराइएको शर्माले बताए । ‘जन्मदिनमा पर्यटकीयस्थलमा राष्ट्रिय झन्डा राख्ने अवसर मिलेको छ,‘भविस्यमा पनि रचनात्मक कार्य गर्ने प्रयास गर्नेछु’ उनले भने । उनले जन्मदिनका कुनै नयाँ योजना नभएको बताउँदै झन्डालाई निरन्तर संरक्षण गर्ने बताए ।

झन्डा फहराउँदै स्थानीय यूवाले पछिल्लो समय निकै चर्चा बटुलेको पर्यटकीयस्थल लभ्लीहिल पुग्नका लागि बेनीदेखि पक्की पदमार्ग तथा सडक सञ्जाल समेत भएकाले थप आर्कषक पूर्वाधारको स्थापना गर्न सम्बन्धित निकायलाई समेत दवाव पुग्ने बताएका थिए ।

मोना आइसी, बेनी नगरपालिका र म्याग्दी उद्योग वाणिज्य संघको पहलमा बनेको पदमार्गले समेत पछिल्लो समय आन्तरिक पर्यटकलाई त्यहाँ पुग्न सहज भएको छ भने सडक सञ्जालबाट समेत सदरमुकाम बेनीबाट १० मिनेटमै लभ्लीहिल पुग्न सकिन्छ । लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, भकिम्लीको स्वर्गाश्रम उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौं अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदयको समेत अवलोकन गर्न पाइन्छ ।

Leave a Reply