अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

मुस्ताङको ढुम्बा ताल जमेर बरफ भएपछि…

By -
On: January 27, 2020 10:26 PM
Follow Us:

हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका- ५ सम्ले गाउँस्थित ढुम्बा ताल पछिल्लो समयमा पर्यटकको आर्कषणको केन्द्र बन्दै गरेको छ। मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आउने अधिकांश पर्यटक ढुम्बा ताल हेर्न पुग्ने गरेका छन्।

पर्यटकको आकर्षणका कारण मुस्ताङको सदरमुकाम जोमसोमदेखि ५ किलोमिटर पश्चिममा पर्ने ढुम्बा ताल २ वर्षयता चर्चामा आउन थालेको हो।

पछिल्लो समयमा केही नेपाली चलचित्रमा समेत ढुम्बा तालको मनोरम दृश्य छायाँकन हुन थालेपछि तालको सुन्दरताको दर्शन गर्नेको घुँइचो लाग्न थालेको छ ।

समुद्र सतहदेखि करिब ३ हजार मिटरको उचाइमा रहेको ढुम्बा तालको लम्बाइ १ सय ५० मिटर र चौडाइ १०० मिटर छ । कालिगण्डकी करिडरअन्तर्गत पूर्वको नीलगिरी र पश्चिमको धौलागिरी हिमाल यस स्थानबाट देखिन्छ ।

जोमसोमदेखि ठिनीको बाटो अथवा जोमसोमदेखि स्याङको बाटो हुँदै ढुम्बाताल पुग्न सकिन्छ।

निलगिरी हिमाल जस्तै स्वछन्द निलो रङमा देखिने यो ताल हिजो आज जमेको छ। जमेको तालमा युवाहरू तस्बिर खिचाउन जान थालेका छन्।

ढुम्बा तालको पानी जमेर बरफ भएको दृश्य र तालको बिचमा तस्वीर खिचाउन आन्तरिक पर्यटकको घुइँचो लागेको छ।

पछिल्लो समय जमेको ताल हेर्ने आउने पर्यटकको सङ्ख्या बढिरहेको भम्रण वर्ष गण्डकी प्रदेश सदस्य निरज थकालीले जानकारी दिए। Source: breaknlinks.com

 

 

-