म्याग्दी बहुमुखी क्याम्पसले आगामी माघ २१ गते क्यूएए उत्सव मनाउने भएको छ । विश्व विद्यालय अनुदान आयोगबाट अन्तराष्ट्रियस्तरको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको खुसीयालीमा क्याम्पसले साविकको धौलागिरी अञ्चलका चारवटै जिल्लाका प्रतिनिधिहरुको उपस्थितीमा भब्य समारोहका बीच उत्सव मनाउने भएको हो ।

मंगलबार क्याम्पसमा आयोजित पत्रकार सम्मेलनमा सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुबेदीले क्याम्पसलाई शैक्षिक हब बनाउन तथा यहाँको गुणस्तरीय शिक्षाको ब्यापक प्रचारप्रसार गर्ने गरी प्राप्त उपलब्धीको खुसीयालीमा भब्य समारोहका साथ उत्सव मनाउने बताए । उनका अनुसार क्याम्पसलाई गण्डकी प्रदेशकै शैक्षिक हब बनाउने बताए । सदरमुकाम बेनीमा प्रभातफेरीको आयोजना गरी क्याम्पसभित्र उत्सव सहित भावी योजनाका बारेमा समेत जानकारी गराउने अध्यक्ष सुबेदीले बताए ।

विश्वविद्यालयले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए) प्रमाणपत्र प्राप्तीले विश्वबजारमा क्याम्पसबाट उत्र्तिणा जनशक्तीले अवसर पाउने बताउँदै पाँचबर्षमा विद्यार्थीको संख्या २ हजार पु¥याउने बताए । सोही अवसरमा क्याम्पस प्रमुख टिकाराम सापकोटाले जिल्लाबाहिरबाट समेत क्याम्पसमा विद्यार्थीलाई आर्कषित गर्ने गरी शैक्षिक योजना बनाइएको बताए ।

पत्रकार सम्मेलनमा सहायक क्याम्पस प्रमुखद्धय श्रीधर सुबेदी, पशुपति ढकाल,क्यूएए फोकल पर्सन गोरख बहादुर जिसी लगायतको उपस्थिती रहेको थियो । प्लस टु, स्नातक तहमा ब्यवस्थापन, शिक्षा र मानविकी संकाय र ब्यवस्थापन संकायमा स्नातकोत्तर तहको पठनपाठन समेत भइरहेको छ । क्याम्पसमा ११ सयभन्दा बढी विद्यार्थी अध्ययरत छन् ।

Leave a Reply