चितवनबाट बेपत्ता भएका बेनी नगरपालिका–६, जामुनाखर्कका कृष्ण सुबेदीको खोजीकार्य तिब्र पारिएको छ । बि.श २०७५ साल असोज २४ गते दिउँसोदेखि हराएका सुबेदीको खोजीकार्यमा सामाजिक अभियान्त मुरलीप्रसाद गजुरेलले चासो देखाएका छन् ।

नारायणी रिर्सोटमा आफ्नो झोला, आवश्यक लत्ताकपडा छोडेर मोबाइल लिएर निस्किएका सुबेदीका बारेमा बेनीअनलाइनले समाचार प्रकाशित गरेपछि चितवन तथा आसपासका क्षेत्रमा खोजीकार्य गरिनअभियान्त गजुरेलले बताए ।‘

उहाँका बारेमा बेनीअनलाइनबाट जानकारी पाइयो,‘हामीले सकेसम्म खोजीकार्यमा सघाउँछौ’ उनले भने । मोबाइल साथमै लिएर गएको र विगतमा समेत भारतमा काम गरेको जानकारीलाई खोजीकार्यको आधार बनाउन सकेमा फेला पार्न सकिने उनको भनाई छ ।

बेपत्ता भएका सुबेदीकी आमा देवीले बेनीअनलाइनमार्फत छोराको खोजी सहित भिडियोमार्फत याचना गरेपछि चितवनमा रहेका म्याग्देलीहरुले समेत खोजीमा चासो देखाएका छन् ।

घरबाट चितवन उपचार र जागिरको खोजीमा पुगेको छोरा बेपत्ता भएको केहीमहिनामै खोजीकार्य रोकिएको थियो । कृष्णका भाई विनोदले बेलाबेलामा भारतमा जाने बताउने गरेको बताए ।

‘दाईले इन्डिया जान्छु भन्नुभएको थियो,‘एकपटक सम्पर्क गरेपनि आमालाई धेरै राहत हुने थियो’ उनले भने । चितवनका विभिन्न स्थान, छिमेकी जिल्लाहरु र भारतमा रहेका म्याग्देलीहरुलाई समेत खोजीकार्यमा सहयोग गर्न अनुरोध गरिएको छ । उनका आफन्त समेत चितवनमा रहेकाले प्रहरीलाई समेत जानकारी गराइसकेका छन् ।

Leave a Reply