जापानबाट म्याग्दीमा सामुदयिक बिकाश तथ हरियली आयोजनाका लागि करिव दुई बर्ष अगाडी आएका शुन्य आवामुरा बेनी नगरपालिका सहित सबै स्थानीय तहमा पुगेका छन्। प्रोजक्टको काम सकेपछि उनलाई म्याग्दीलाई छोड्न सकेनन्। उनलाई म्याग्दीका विभिन्न स्थानमा रहेका तातोपानी कुण्डले जापान फर्किनबाट रोक्यो।

आर्कषक तलबसुविधा तथा अन्य विभिन्न अवसरलाई छोडेर उनले जिल्लाभित्रका तातोपानीको प्रचारप्रसार साम्रागी बनाइरहेका छन्। जिल्लाभित्र रहेका कुण्डको अवस्था, आवश्यकता तथा त्यहाँका होटल सहित सम्रग जानकारी दिने प्रचार साम्रागी अंग्रेजीमै तयार गरेका छन्। उनले म्याग्दीका तातोपानी कुण्डलाई जापानमा प्रचारप्रसार गर्ने योजना समेत सुनाए। जापानीज नागरिक शुन्य आवामुरासँग बेनीअनलाइनका हरिकृष्ण गौतमले गरेको कुराकानी ।

जापानबाट म्याग्दीमा आउनुभएको कति भयो, यहाँ के गदै हुनुहुन्छ ?
सर्वप्रथम तपाईलाई धन्यवाद ।मैले म्याग्दी जिल्लामा गरिरहेको कामका बारेमा जानकारी दिनुभयो ।अहिलेसम्म मैले मिडियामा मेरो कामलाई जानकारी गराएको थिइन् यो अवसर पाएपछि दंग छु । म जापानबाट आएको २१ महिना भयो। अव दुई महिना म्याग्दीमै बस्छु । यहाँ शुरुमा सामुदयिक बिकाश तथ हरियली आयोजनाको लागि आएको थिए। त्यसको काम गरेको १६ महिना भयो। प्रोजेक्ट सकेपछि फेरि आफ्नो चाहनाले यहाँ काम गरिरहेको छु।अहिले तातोपानी कुण्ड सहित ग्रामिण पर्यटनका बारेमा गाउँलेसँग सहकार्य गरी विभिन्न काम गरिरहेको छु।

म्याग्दीको तातोपानी कुण्डमा किन अनुसन्धान गरिरहनुभएको छ त ?
शुरुमा मलाई म्याग्दीको तातोपानी कुण्ड सिंगा र भुरुङ तातोपानी मात्रै जानकारी थियो । तर नेपालका सञ्चारमाध्यममा हेर्दा नेपालमा अझै तातोपानी कुण्ड रहेछ भन्ने कुरा थाहा पाए । जापानबाट आउँदा म्याग्दीमा मात्रै तातोपानी छ भन्ने सुनेको थिए । अनि जापानमा धेरै दिन बस्नु भएका म्याग्दीकै याम खड्काले म्याग्दीका तातोपानी कुण्ड घुमेर त्यहाँका अनुसन्धान गरौं भन्ने कुरा गर्नुभयो।हामी दुबै जनालाई तातोपानी मन पर्छ अनि नेपालको पर्यटनमा तातोपानी कुण्डले धेरै फाईदा हुने भएकाले त्यसै अनुसार अहिले तातोपानीका बारेमा काम गरिरहेका छौ।

म्याग्दी जिल्लामा कतिवटा तातोपानी कुण्डको भ्रमण गर्नुभयो, त्यहाँ के के गर्नुहुन्छ त?
म्याग्दी जिल्लामा कुण्ड भएका तातोपानीहरु ८ वटा छन्।सबै तातोपानी कुण्डमा पुगेर बास्तविकताका बारेमा जानकारी लिइसकेको छु। यहाँको तातोपानीको गुणस्तर, डिग्री, रंग, सफा र पिउन मिल्छ कि मिल्दैन भन्ने कुरा हेरौं।साथै तातोपानी भएको नजिकको गाउँमा अर्गानिक र होमस्टेको सम्भावनाका बारेमा तयार गर्न आवश्यक सहयोग तथा साथ दिइरहेको छु।उहाँ प्राकृतिक तातोपानी, अर्गानिक खाना र होमस्टेको विकास गर्न सकेमा विश्वभरबाट धेरै पर्यटकलाई ल्याउन सकिन्छ।जसका लागी हामीले बनाइरहेको प्रचार साम्रागीले समेत साथ दिन्छ ।

तपाईले भ्रमण गरेको तातोपानी कुण्डमा सबैभन्दा फरक कुन ठाउँको पाउनुभयो त ?
तपाईको प्रश्न मनप¥यो।प्राकृतिक चिकित्सालयको रुपमै चिनिएको रहेछ बेनी नगरपालिका–४,सिङ्गामा रहेको तातोपानी कुण्ड। यो तातोपानीमा अन्य तातोपानी कुण्डमा भन्दा धेरै घुम्न र नुहाउन आउने गरेकाले यसलाई पहिलो प्राथमिकता दिएर विकास गर्नुपर्छ । जापानबाट विस्तारै सिंगा तातोपानी कुण्डमा आउन थालेका छन् ।

यसलाई पर्यटनको केन्द्रको रुपमा विकास गर्न सकिन्छ।किनभने त्यहाँ एकदम नुनिलो र सेतो तातोपानी निस्किएकाले स्वास्थ्यलाई राम्रो छ। सदरमुकाम बेनीबाट नजिक पनि छ। सिंगा तातोपानीमा जाईकाको स्वयंसेविका काम गरेका थिए। त्यसपछि बगर तातोपानी छ। त्यहाँ मुदी गाउँबाट दुई दिन लाग्ने रहेछ । बगरमा नीलो रङ्गको तातोपानी निस्केकोले एकदम राम्रो देखिन्छ। धेरै दुख गरेर बल्ला आइपुगेकोले तातोपानी डुबेर आनन्दै लाग्यो।

नेपालमा धेरै तातोपानीको कुण्ड भएको जिल्ला म्याग्दीलाई चिनिन्छ, यहाँको तातोपानीलाई जापानमा प्रचारप्रसार गर्ने योजना बनाउनुभएको त छैन् ?
मैले बिचार गरेको त शुरु शुरुमा तातोपानीको ब्रोसर बनाउने कुरा थियो। त्यो नेपाली र विदेशीलाई देखाएर चिनाउन सकिन्छ जस्तो लाग्यो। अनि मैले पनि तातोपानीको जानकारी राखेको छु । त्यो हेरेर नेपालमा आएका जापानीजहरु म्याग्दीको तातोपानी डुब्नलाई घुम्न आए। अनि आझै जानकारी फैलाउनको लागि जापानमा समेत मेरो साथीहरुलाई प्रयोग गरेको छु । अब जापानमा फर्केपछि पनि सबैलाई राम्रोसंग चिनाउने छु।जापानमा भएका तातोपानी कुण्ड र यहाँको तातोपानीमा के फरक पाउनुभयो त ?
जापान र यहाँको तातोपानीमा धेरै फरक छ। जापानमा २० हजार वटा तातोपानीको रहेछ र बर्षमा १३ करोड जना जापानीजहरु तातोपानीमा डुब्दो रहेछन्। जापानको त त्रगबष्तिथ पनि फरक हुन्छ। सफा छ राम्रो जयतभ िपनि छ तयगचष्कतको लागि चभकभचखभ गरने र बस्ने कथकतझ पनि छ। किनभने जापानमा पहिले देखि मान्छेहरुको स्वास्थ्यको लागि आथवा आनन्द बस्नको लागि बिकास गारिरहेका छौं। जापान र यहाँ तातोपानी पर्योग गर्ने जष्कतयचथ फरक हुन्छ। तर नेपालमा यो संसारमा सबभन्दा राम्रो हिमाल छ। यदि हिमाल र तातोपानी एक ठाउँमा संगै मिलाउन सक्छ भने जापान भन्दा राम्रो तातोपानी हुनसक्छ होला।

म्याग्दीका तातोपानी कुण्डलाई विश्वभरका पर्यटक आर्कषित गर्न के गर्नुपर्छ जस्तो लाग्छ ?
मेरो बिचारमा २ वटा गर्नु पर्ने कुरा छ। एउटालाई नेपाल सरकारले राम्रोसंग योजना बनाउनुपर्छ। तातोपानीसम्मको बाटो राम्रो छैन। अनि कसरी बिदेशिलाई चिनाउन सकिन्छ त ? त्यसैले भिजिट नेपाल भनेर मात्रै हुदैन त्यहाँसम्म पुग्ने सडकको आवश्यकता छ । सडक राम्रो भयो भने जापानी मात्रै होईन धेरै विदेशीले तातोपानी कुण्डकै लागि खर्च गरेर यहाँसम्म आउँछन् । अनि दोस्रो त गाउँलेले तातोपानीको महत्वका बारेमा जानकारी पाउनुपर्छ । यो उपचारका लागि मात्रै नभई विश्वभरका पर्यटकलाई भित्राउने जिल्ला बनाउन तातोपानीको पूर्वाधार तथा सडक र प्रचारप्रसार गर्नुपर्छ । यहाँका जनताहरु धेरै सजिला छन् तर पनि विकास निर्माण गर्नेहरुको सोच त्यती देखिएन् । मूलबाट नै ५७ डिग्री सेल्सियस तापक्रमको पानीमा विरेनुन र गन्धक मिश्रित वासना आउने भएकाले पनि यहाँको तातोपानी हिरा जस्तै महत्व छ जस्तो लाग्छ ।

Leave a Reply