ललितपुर । पूर्वमन्त्री थममाया थापाका पीए दम्पतीको निसासिएर मृत्यु भएको छ महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी पूर्वमन्त्री थापाका पीए दम्पतीको साउनामा निस्सासिएर मृत्यु भएको हो ।

ललितपुरको तिखेदेवलस्थित क्लबमा साउनामा बस्ने क्रममा हिजो राति निस्सासिएर हस्त गर्वुजामगर र नेत्रकुमारी गर्वुजाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले घटनाबारे अनुसन्धान भइरहेको बताए । अक्सिजनको कमीका कारण निस्सासिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ ।

उनीहरूको शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ ।

Leave a Reply